बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक नेपालमा सरकारले सूचीकृत ५९ आदिवासी जनजातिमध्ये ठूलो जनसङ्ख्या भएको सबैभन्दा पुरानो आदिवासी जनजाति हो तामाङ । नेपालमा भाषिक वक्ता सङ्ख्याको आधारमा तामाङभाषा चौथो ठूलो जनसङ्ख्याले बोल्ने भाषा हो । बुद्धको जन्मभूमि नेपालको बौद्धधर्म मान्ने आदिवासी जनजातिमध्ये सबैभन्दा पुरानो र ठूलो बौद्ध जनसमुदाय पनि तामाङ नै हो ।
नेपालको सर्वाधिक लोकपि्रय र प्रसिद्ध गीत सङ्गीत सेलो-स्यालु) डम्फु, टुङ्ना, मुर्चुङ्गा, बिनायो र मारुनी पनि तामाङ जातिको पहिचान हो । अनि आप\mनै घर बुना स्यामा-लुँगी जस्तो फरिया), ग्या-गातो), गा-बरको, ग्या-तोकोरोक, उनी राडी, पाखी, स्योल्दो, सुर्काअी
-लुकुनी), फेङ्का -अल्लोको घरबुना गातो), अनि लोक्ताबाट हाते कागज बनाउने सीप, जङ्गली निगालोबाट नाङ्लो, डोको, थुन्से, नाम्लो बुन्ने, थाङ्का-चित्रकला), मकुन्डो खोप्ने
-मास्क) आदि मौलिक पेसा तामाङ राष्ट्र र राष्ट्रियताको अर्को चिनारी हो ।
तामाङहरू नेपालमा बसोबासको हिसाबले पश्चिममा हुम्ली तामाङ, मुगुका कर्मारोङपा, मुस्ताङका तामाङ
-थकाली) देखि हामी बोद-भोटे) तामाङ अन्नपूर्ण, मनास्लु, गणेश, बापिल, लारी, गौरीशङ्कर, लाराङलुरुङ, दोर्जेलेक्पा, लाङटाङ आदि उच्च पहाडी हिमालय उपत्यकाहरूमा विभिन्न समुदायको रूपमा बसोवास गर्ने नेपालको मुख्य बोद-भोटे) जाति हो ।
तामाङ शब्दको प्रयोग, उद्भव आदिबारे विभिन्न मतैक्य भए पनि तामाङ राष्ट्र, जाति वा जातीयताले समग्र बोद राष्ट्र र राष्ट्रियताको नेतृत्व गर्दछ । तामाङ शब्दार्थको प्राचीनता र ऐतिहासिकताको अध्ययनले दक्षिण एसियाली उच्च पहाडी हिमालय क्षेत्रको बोद एकाक्षरी भाषिक समुदायको मानव समाज र सभ्यताको विकासलाई बुझाउँछ ।
यससन्दर्भमा काठमाडांै उपत्यकाको मानव सभ्यताको आरम्भको अध्ययन गर्ने हो भने स्वयम्भू पुराण र स्थानीय जन श्रुति अनुसार उपत्यकामा ङ्याम्बु ग्योही अर्थात् नागदह थियो र यस नागदहमा श्री ज्योतिरूप स्वयम्भूको दर्शनार्थ महाचीनको पञ्चशीर्ष पर्वतको थुम्कोमा रहनुभएका महामञ्जुश्रीका निर्वाणकाय-टुल्कु) श्री मञ्जुदेवाचार्य महाचीनबाट नागदह याम्बु-काठमाडौ) उपत्यका आउनुभयो ।
श्री ज्योतिरूप स्वयम्भूको दर्शन गर्न नागदहको पानी सुकाउँदा सजिलो हुने देखी आप\mनो राल्डी-खड्ग)ले दहको किनार काटी पानी सुकाएपछि नागदहले बनाएको मलिलो भूमिमा सबैतिरबाट आएका लोकजनहरूलाई बसोबास गराई देवपट्टन नामक सहर बसाली आफूसँगै आएका राजकुमार धर्माकरलाई राजा बनाए भन्ने ऐतिहासिक लोक आख्यानलाई सार्थकता दिन खोज्ने एउटा पुरातत्वको अध्ययनको निचोड यस्तो छ । सन् १९७८ मा नेपाल रसिया सांस्कृतिक सम्झौता अन्तर्गत रसियाका लेनिनग्राद विश्वविद्यालयका प्राग्ऐतिहासिक पुरातत्वविद् डा.एनातोली याकोब्भ सेटेन्कोले काठमाडौंको बूढानीलकण्ठको दक्षिण पूर्वतिर बानिया पाखा र पण्डित गाउँको बीचमा रहेको धोबीखोलाका किनारमा एउटा अध्ययन गरेको थियो ।
यस अध्ययनले प्राचीन पाषाण युग -उत्तरकाल ईसा पूर्व ३०,००० वर्ष)का केही ढुङ्गे उपकरण विना पालिसका तर चोट दिएर ताछेर बनाएको पाषाण उपकरण प्राप्त भएको तथ्य सार्वजनिक गरेका थिए । यो पाषाण उपकरण उपत्यकामा भेट्नुलाई अनुसन्धानकर्ता डा.सेटेन्कोले आप\mनो अध्ययनको निचोडमा यो पाषाण उपकरणको प्रयोग गोवीबाट सुरु भएर सुदूर पूर्व एसिया -पेकिङ)हुँदै याम्बु-काठमाडौं)उपत्यकामा आइपुगेको अनुमान लगाएका थिए ।
पेकिङ मानवको आकृतिसँग मिल्ने मंगोलायड जाति तिब्बत र हिमालय हुँदै काठमाडौं उपत्यका आइपुगेको कुरा निष्कर्ष निकालेका थिए । एसियाकै जेठो मानव विकास चीनको पेकिङमा भेटिएको मानव आकृति आजको काठमाडौं उपत्यकाको वरिपरि बसोबास गर्ने तामाङ मंगोल जातिसँग मिल्ने बताएका थिए । यस पुरातत्वको अध्ययनले महाचीनबाटआउनुभएका महामन्जुश्री मन्जुदेवाचार्या -फाबा ज्याम्पेयाङ)ले उपत्यकाको नागदह सुकाएर बस्ती बसालेको भन्ने स्वयम्भू पुराणमा वणिर्त ऐतिहासिक जन-आख्यानलाई पुष्टि गर्ने प्रयास गरेको छ ।
त्यसैगरी आफूलाई ज्याम्पालयाङ-महामञ्जुश्री) कै सन्तानको रूपमा दाबी गर्ने तामाङ जाति जसको आज पनि काठमाडौं उपत्यकाभित्र र वरिपरि याम्बु, याम्बुक्रोमा, याम्बुब्रुम, याम्बुमहानगरे, हेराङ-योलोङ),खोपोङ, खोपाङ, खोपि्रङ, फारपि्रङ, फाबा सीङगु, सैँबु, मुर्मी, मुल्मी, सेँजु, सेँया आदि तामाङ राष्ट्र
-जाति) र उसको भूमिसँग सम्बन्धित थस्ता थुप्रै ऐतिहासिक विवरणहरू उल्लेखित अभिलेखहरूलाई केलाई केलाई खोज्ने हो भने किरात काल, लिच्छवि कालदेखि मध्यकालसम्म कालक्रमिक रूपमा पाइन्छ । उपत्यकाको तामाङहरू नै मंगोल मूलका सबैभन्दा पुरानो मानव समुदाय हुन् भन्ने कुरा विद्वान् मानव तथा समाजशास्त्री जनकलाल शर्माले पनि पटक पटक उल्लेख गर्नुभएको छ । जसको धर्म, भाषा, संस्कृति, वेषभूषा, रूपरंग आदि चिनिया मंगोलमूलका सँग दुरुस्तै मिल्छ । यिनै ऐतिहासिक पुरातात्विक तथ्यहरूले तामाङ जाति नेपालकै सबैभन्दा पुरानो मानव वंश हो भन्ने प्रमाणित गर्छ ।
त्यति मात्र होइन, तामाङ जातिको महान् चाड चन्द्र नयाँवर्ष ल्होछार उत्सवले पनि तामाङ जाति पुरानो हो भन्ने प्रमाणित गर्छ किनभने काठमाडौं उपत्यकामा प्रागैतिहासिक कालदेखि रहिआएको स्वयम्भू महाचैत्यको पूर्व अभिमुखमा सुप्रतिष्ठित अक्षोभ्य बुद्धको सन्मुख स्थापित धर्मधातु वागीश्वर मण्डलको पीठमा अङ्कति तत्वीय खगोलशास्त्रका तत्वीय वर्ष चक्रका सङ्केत १२ जीवजन्तु रहेको वर्ष, महिना, समयचव|m बुझाउनेे ल्होकोर च्युङनी रहेको छ ।
यो विश्वमा सबैभन्दा प्राचीन चिनियाँ तत्वीय खगोलशास्त्रका प्राचीन सङ्केत चिन्ह हो । यसले नेपालमा आलेखन प्रणाली लिपिको विकास हुनु अगाडि नै यो चित्रलिपि प्रणालीय तत्वीय खगोलशास्त्रको प्रयोग भएको सङ्केत गर्दछ । त्यसैगरी अंशुवर्माको भक्तपुरको इनायटोलको सम्वत् ३१ र पाटन सुनधाराको ३४ को अभिलेख अनुसार वेदाङ्ग ज्योतिषमा नभएको भनिएको अधिकमास मान्ने परम्परा नेपालमा तामाङ समुदायमा यद्यपि हुनु र अंशुवर्मालाई तामाङ लोक साहित्यमा होअीस्हेरग्लेजाको नामले श्रद्धा गर्नुले पनि तत्वीय खगोलशास्त्र अनुसार मनाउने तत्वीय खगोल तथा ज्योतिषशास्त्र अनुसारको चन्द्र नयाँवर्ष ल्होछार परम्परा नेपालमा इतिहासको विभिन्न कालखण्डदेखि आजसम्म निरन्तर चलिआएको कुराको पुष्टि हुन्छ ।
नेपालमा यो चिनियाँ तत्वीय खगोल शास्त्र अनुसारको चन्द्र नयाँवर्ष उत्सव -ल्होछार) तामाङ जातिले मात्र आज पनि चिनियाँहरूले मनाउने दिनमा नै मनाउँदै आएका छन् अर्थात् चिनियाँ र तामाङ चन्द्र नयाँवर्ष ल्होछार पद्धति एउटै हो । नेपालमा यो तत्वीय खगोल तथा ज्योतिषशास्त्रको प्रयोग कहिले देखि, कसले आरम्भ गर्यो भनेर भन्न कठीन छ तर तामाङ जाति लगायत नेपालमा थुप्रै समुदायमा यो परम्परा आजसम्म पनि जस्ताको तस्तै रहनुले आजभन्दा पाँच हजार वर्ष अघिदेखि अर्थात् चीनको सिया राज्यकालमा -२१००१६०० ई. पू.) प्रचलनमा आइसकेको थियो । यो प्राचीन तत्वीय ज्योतिष तथा खगोलशास्त्र परम्परा चीनमा जति पुरानो हो भन्ने प्रमाणित भएको छ नेपालमा तामाङहरूले पनि पाँच हजार वर्षभन्दा अघिदेखि नै प्रयोगमा ल्याएका थिए भनेर ठोकुवा गर्न सकिने थुप्रै यस्ता आधार पाइन्छ ।
त्यसकारण तामाङ जातिको महान् चाड चन्द्र नयाँ वर्ष ल्होछार पर्व उत्सवमा मात्र सीमित छैन यो उत्सव तामाङ राष्ट्र -जाति) र ताम्सालीङ भूमिको ऐतिहासिकता र प्राचीनतालाई पुष्टि गर्ने एउटा सांस्कृतिक आधारसमेत भएको छ । तसर्थ नेपालका तामाङलगायत आदिवासी जनजातिहरूको यस्ता सांस्कृतिक पर्वहरूले नेपाल र नेपालीको गौरवपूर्ण प्राचीनता र ऐतिहासिकता युक्त पहिचान बोकेको छ । जुन विगत अढाइ सय वर्षदेखि उजागर हुनसकेको थिएन ।
