हिसाब जिन्दगीको
हिसाब जिन्दगी को, बुझ्नै सकेन मैले,
जोड घटाऊ भाग,देख्छु त्यो सुन्य जहिले ,
कैले फेरि जोडैमा ,देख्छु प्रसस्त मुल्य,
सन्तोष जिन्दगी को, भोगे तेहा अमूल्य ।
सन्तोष का छटा मा ,पूर्ण बिराम बाटो,
चाहना ती समेट्दा, नैरास्यताको पाटो,
पंक्षि बनेर उड्ने ,कस्तो यो चाह मेरो?
आकाक्षा का सिमा मा, कन्हा छ सेरो फेरो?
को लाई छैन चाह ? हासेर प्युन प्याला ,
सन्तोष लिए मात्र ,देखिन्छ सब उज्याला,
हासेर ज्युछु फेरि, हास्नु पनि कला हो,
संसार हास्छ फेरि, बसन्त को बेला यो।
बुझ्नै सकेन मैले ,हिसाब जिन्दगी को,
अर्थै बुझेन मैले ,के अर्थ जिन्दगी भो,
छोडे इ सोच्न लाई, बहार जिन्दगी भो,
हारेर पनि फेरि, त्यो जित जिन्दगी भो।
हिसाब जिन्दगी को, बुझ्नै सकेन
हिसाब जिन्दगी को, बुझ्नै सकेन मैले,
जोड घटाऊ भाग,देख्छु त्यो सुन्य जहिले”–भनेसि सबैकुरो बराबर छ हैन त सुफी?:)
”छोडे इ सोच्न लाई, बहार जिन्दगी भो,
हारेर पनि फेरि, त्यो जित जिन्दगी भो।”— इर्ष्या लाग्यो लेख्ने कला देखेर– मिठो र नयाँ स्वाद!
आश्मा ,मिठो लागेकै हो त ?
आश्मा ,मिठो लागेकै हो त ? इर्स्या नै लाग्यो लेखिदिएर ,हौसला बडाइदिनु भएको मा म त फुरुङै पो भए त। धन्यवाद ,धेरै धेरै।
सुफी
suphi ji ramro kabita ko lagi
suphi ji ramro kabita ko lagi dhanyabad
sunil sangam
thankyou sunil ji.
thankyou sunil ji.