Skip to content

जापानमा साकुरा फुल्दा


सर्वसम्पन्न सुर्योदयको देश जापानमा
हिउ भरिको जाडोसंग पैथेजोडी खेलेर
बिजय उत्सव मनाउन फुल्ने, साहसी हो साकुरा
सबैमा दुःखपछि पक्कै सुख आउछ भनेर
पतझरमा पनि धकमक्कै फल्ने, धन्य हो साकुरा
न जाडो, न गर्मीको मौसममा
यता उता जताततै साकुरा फुल्यो
सबैको मन त्यहि साकुरामा भुल्यो
चिरविर चरी पनि साकुरामै रम्यो
फुरफुर गर्दै पुटली साकुरामै झुम्यॊ
भुं भुं भमराले पनि साकुरानै चुम्यो
तर म किन हो कुन्नि ? साकुरासंग फुल्न सकिन
यो बिदेशको रमझममा त झन भुल्न सकिन
खै किन हो म बिदेशी माटोमा काख्खीन सकिन
मलाई जस्ले जे भनुन् पराईसंग रत्थीन सकिन
त्यसैले जापानमा साकुरा फुल्दा मेरो मनमा
नेपालको त्यै चेत बैशाखको पलुवा पहलाउछ
कोईली र न्याउलीको बिरही भाकामा बहलाउछ
अनवरत ति हाम्रा नादी नालाहरु सुसाउछ
त्यै साग सिस्नो र ऐसेलु काफल बसाउछ
त्यति मात्रै हैन मेरो मनमा
हिमाली भेगको लाली गुंरास फुल्छ
पहाडी खन्डको टांकी फूल फुल्छ
तराई फांटको तोरी फूल फुल्छ
बन पाखामा फुल्ने प्याउली फुल्छ
हो, मेरो मन संधै नेपाली हुनमै गर्वले फुल्छ

5 thoughts on “जापानमा साकुरा फुल्दा”

  1. साकुराले लाली गुराँसको झल्को
    साकुराले लाली गुराँसको झल्को कहाँ मटिन्छ र ?
    जन्मभूमिभन्दा सुन्दर ठाउँ परदेशमा कहाँ भेटिन्छ र ?

    1. त्यसैले हजुर यो बेला र यस्तो
      त्यसैले हजुर यो बेला र यस्तो मौसममा
      कबिता मार्फ़त म भित्रको बास्तबिकता पोखेकी

  2. ekdam ramro sakura lai aafno
    ekdam ramro sakura lai aafno desh ra pariwesh sanga sundar rupamaa chitran garna saknu bhayeko chha .

Leave a Reply

Your email address will not be published. Required fields are marked *