Skip to content


एकपटक घाँसको लागि वनमा चहारिरहेकी बाख्रीलाई एउटा घोर्ले श्यालले समात्यो । उसको घाँटीमा समाएर मार्न लागेको बेला बाख्रीले आˆना कलिला पाठाहरूलाई सम्झी ।

‘श्याल दाइ ! मेरो एउटा बिन्ति सुन्नुस् । मेरो घरमा दुईवटा साना पाठाहरू छन् । उनीहरू आमा कहिले आउलिन् र दूध चुसौँला भनेर पर्खिरहेका छन् । म तिनीहरूलाई दूध चुसाएर बिदा मागेर आउँछु । त्यति गर्नका लागि भने पनि मलाई छोडिदिनुहोस् ।’ बाख्रीका कुरा सुनेर श्याल जोडले हाँस्यो । श्याल हाँसेको सुनेर पोथी श्याल पनि त्यहीँ आइपुगी ।

‘आˆनो मुठीम्ाा परिसकेको आहारालाई छोडेर दयाका नाममा बस्ने मूर्ख बुद्धि ममा छैन । यस्ता कुरामा विश्वास पनि छैन । तँ आज मेरो आहारा होस् ।’ श्यालले ठूलो स्वरमा भन्यो तर बच्चालाई भेट्ने र दूध चुसाउने कुराले भने पोथी श्यालको मन छोयो ।

‘पि्रय Û यी बाख्रीलाई अहिले जानदिनुस् । फर्केर आएपछि खाउँला तर एकपटक बच्चालाई भेट्ने उसको अनुरोध त मान्नु पर्‍यो नि ।’ पोथी श्यालले भनी तर घोर्लेले आनाकानी गर्‍यो र भन्यो- जानी जानी कोही मर्न भनेर फर्केर आउला त ? यसलाई छोड्नु भनेको त मूर्ख बन्नु हो । म त छोड्न सक्दिन ।’ घोर्ले श्याल उसलाई मार्न कसियो तर पोथी श्यालले मानिन र अन्ततः घोर्लेले भोलिपल्ट फर्केर आउने नत्र उसका पाठासमेतलाई एक गाँस पार्ने चेतावनी दिएर छोडिदियो । त्यतिले मात्र नपुगी बाख्रीको घर पनि चिनेर गयो । बाख्री आफूलाई भन्दा पनि पाठाहरूलाई मार्ने उसको घोषणाले दुखी हुँदै घर फर्की ।

आमा आएको देखेर पाठाहरू रमाए र उसको दूध चुस्न थाले । उसले पाठाहरूलाई अरु बेला भन्दा पनि बढी माया गरी । पाठाहरूलाई चाटिरहँदा उसका आँखाबाट आँसु बग्न थाले । एउटा चलाख पाठोले आमा रोएको थाहा पायो र दूध चुस्नै छोडेर आमालाई सोध्यो – आमा Û तपाइँ किन रुनुभएको ?

‘बाख्रीले सुँक्क गर्दै भनी- बाबु Û त्यो दुष्ट घोर्ले श्यालले हाम्रो घर चिनेर गयो । उसले तिमीहरूलाई जहिलेसुकै जे पनि गर्न सक्ने छ । यही कुरा सोचेर आँखामा आँसु आयो ।’ उसले भनी ।

‘आमा तपाइँलाई चाहिँ घोर्लेले केही गरेन ?’ पाठीले सोधी ।

‘मैले उसकहाँ भोलि आउँला भनेर आएकी छु नत्र उसले आज छोड्नेवाला थिएन ।’ बाख्रीका कुरा सुनेर पाठाहरू रुन कराउन थाले ।

‘आमा Û तिमी घोर्लेकहाँ जानुहुन्न’ उनीहरूले एउटै स्वरमा भने तर बाख्रीले आफूले बाचा गरेको र कहिलै कसैको विश्वास नतोडेको कुरा गरी । त्यस रात बाख्रीको घरमा रुवावासी मच्चियो । बाख्रीको आडैमा बसेकी एउटी बूढी निलगाईले पनि बाख्रालाई घोर्लेकहाँ नजान सल्लाह दिई । उसले भनी- बैनी Û दुष्टहरूको वचन नाघ्नुपर्छ । सत्यवादीहरूको कुरा मात्र नाघ्नु हुँदैन । फेरि तिमीलाई खाएपछि पाठाहरूलाई चाहिँ तिनीहरूले छोड्छन् भन्ने के छ र ?’

‘होइन दिदी Û हामीले अहिलेसम्म कसैलाई धोका दिएका छैनौं, केबल धोकामात्र पाएका छौँ । अरू त अरू मानिसलाई नै हेर्नुस् न, उनीहरू माया गरेर आˆनो गाँस दिएर पाल्छन् तर हाम्रा सन्तानहरूलाई काटेर खान्छन् । अनि हामीजस्ताले सन्तान पाउन छोडेपछि रेटेर चपाउँछन् । भन्नुस् त कति धोका हो यो ? म त्यही देखेर जङ्गलमा बसेकी हुँ । केही नभए तपाईंहरू त हुनुहुन्छ तर आˆनो इमानजमान नगुमाउनु हाम्रो धर्म हो । यति हो मलाई मेरा पाठाहरूको भविष्यप्रति चिन्ता छ ।’ बाख्रीले भनी । उसका कुरा सुनेर गाई छक्क परिन् । नजिकै रूखको हाँगोमा एक जोडी बाँदरहरू बस्दथे । उनीहरूले बाख्रीको दूर्दशा थाहा पाए । बाँदर्नीको मन पनि दुख्यो । उसले आˆनो पतिलाई केही उपाय सोच्न भनी ।

‘बाख्री बैनी Û म तिम्रो इमानदारीको कदर गर्छु तर यी कलिला पाठाहरूका लागि पनि तिमीले आफूलाई त्यो दुष्ट श्यालबाट जोगाउनै पर्छ ।’ बाँदरले भन्यो तर बाख्री आˆनो बाचामा दृढ थिई ।

भोलिपल्ट बिहानै बाख्रीले पाठाहरूसँग बिदा मागी । पाठाहरू बिछट्टै रोए । रूखको हाँगोमा बसिरहेको काग र बाँदरसँग पाठाहरूले रुँदै आˆनी आमालाई बचाउन भने ।

‘नानीहरू तिमीहरू चिन्ता नगर । एक त हामी तिम्रा छिमेकी यसै पनि सुख-दुःखमा साथ दिने, त्यसमा पनि असल साथी । हामी असल साथीको भूमिका निभाउने कोसिस गर्नेछौँ । हामी हाम्रो जुक्तिबुद्धिले भेटेसम्म गर्नेछौं ।’ बाँदरले पाठाहरूलाई सम्झायो । कागले पनि त्यसै भन्यो । बाख्री जानुभन्दा पहिले काग र बाँदरले गोप्य सल्लाह गरे । बाख्रीलाई पनि आˆनो योजना सुनाए ।

बाख्री घामको झुल्कोमा नै श्यालले भनेको ठाउँमा पुगी । श्याल पनि मुख मिठ्याएर बसिरहेको थियो । बाख्रीलाई देख्नासाथ श्याल खुसीले उन्मत्त भएर झम्टिन पुग्यो ।

खाऊ खाऊ घोर्ले दाइ काली बाख्री खाऊ

किन बाँच्छौ बेकारमा परमधाम जाऊ

कागका जोडीले रूखको हाँगोमा बसेर गीत गाए । कागका कुरा सुनेर श्याल खित्का छोडेर हाँस्यो र भन्यो ।

‘बाख्री खाएर कुनै श्याल मर्दैनन् । कहिलेदेखि भन्ने गरेका यस्ता कुरा तिमी ‘बाख्री खाएर कुनै स्याल मर्दैनन् । कहिलेदेखि भन्ने गरेका यस्ता कुरा तिमी फटाहाहरूले ?’ श्यालले रूखको हाँगोमा हेरेर हकार्‍यो ।

छिटो खाऊ श्याल दाइ काली बाख्री खाऊ

तिम्रो आयु सकियो परमधाममा जाऊ ।

बाँदरका जोडीले पनि त्यही गीत गाएपछि श्याल अलिकति सशङ्कति भयो । ‘हो त मेरो पञ्जाबाट फुत्केर पनि फेरि मैकहाँ यो बाख्री किन आई ? पक्का पनि केही रहस्य हुनुपर्छ ।’

‘ए बाख्री भन् यिनीहरू के भन्दैछन् हँ ? तँ के चालबाजी गर्दैछस् हँ ?’ घोर्ले आत्तिएर करायो ।

‘मैले केही चालबाजी गरेको छैन, मलाई खुरुक्क खान आऊ । म मेरा पाठाहरूसँग बिदा भएर आएको छु ।’ बाख्रीले पनि कडकिँदै भनी ।

‘घोर्ले Û यो बाख्री खानेको खानासाथ मुटु फुटेर मृत्यु हुनेछ । यदि यसो हुने बरदान यसले नपाएकी भए न त वनमा बस्न सक्थी न तिमीकहाँ फर्केर नै आउने आँट ? एकचोटी खाएर हेर न त ।’ बाँदरले हाँगाबाट भन्यो ।

‘ए मलाई मार्न खाने सल्लाह दिने तँ ? पख् तँलाई’ हाँगातिर हेरेर श्यालले हकार्‍यो ।

‘ए बढी कुरा गर्छस् मलाई खुरुक्क खा

त, नत्र तँलाई …….’ बाख्रीले जोडले हकार्दै सिङ उजाएर हान्न लागी ।

भाग भाग घोर्ले दाइ ज्यान जोगाऊ

यो वनबाट टाढा जाने बाटो सोझ्याऊ

कागहरूले एकै स्वरमा गीत गाए । घोर्ले बेजोडले भाग्न थाल्यो । बाख्रीले पनि सकेजति लखेटी । अन्ततः घोर्लेले त्यो वनको सिमाना काट्यो । बाख्रीले काग, बाँदरलाई धन्यवाद दिई ।

सुखको साथी के साथी दुःखमा साथी चाहिन्छ ।

सबैको भलो चिताए आनन्द मनमा पाइन्छ ।

कागहरूले गीत गाए । बाँदरहरूले नाच देखाए । पाठाहरू धेरै रमाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *