Skip to content

उकाली चढुँला ओराली झरुँला


उकाली चढुँला ओराली झरुँला
सात भन्ज्याङ्ग भने पनि त्यो पनि तरुँला
तिम्रै लागि हो भने ज्यानै दिइदिउँला

भनौ भने जिन्दगीमा धेरै रुप देखें
तर मुटुभित्र बस्ने तिमी मात्रै भेटें हो
जे भन्छौ मानुँला बाचा नि गरुँला
तामा तुलसी छोएर कसम पनि खाउँला
तिम्रै लागि हो भने ज्यानै दिइदिउँला

कैले झरे तलतल कैले पुगे माथि
तिमी मात्रै भेटे मैले जिन्दगीको साथी
हिउ नि टेकुँला आगो नि छोउँला
तपश्या नै गर्नु परे त्यो नि गरुँला
तिम्रै लागि हो भने ज्यानै दिइदिउँला

स्वर – उदय सोताङ, मनिला सोताङ
गीति एल्बम – मर्म

Leave a Reply

Your email address will not be published. Required fields are marked *