प्रथम राणा प्रधानमन्त्री जङ्गबहादुर राणा वि.सं. १९०६-०७ तिर बेलायत यात्राबाट फर्केपछि पश्चिमी साहित्य र संस्कृति नेपाल भित्र्याउने चेष्टा गरियो । तदनन्तर अर्का राणा प्रधानमन्त्री चन्द्रशमशेरले बेलायत भ्रमणपछि नपाली विद्यार्थीहरूले उच्चशिक्षा प्राप्त गर्न भारत भूमि जान नपरोस् भन्ने मनसायले देशभित्रै वि.सं. १९७५ मा त्रिचन्द्र कलेजको स्थापना गरे । यसपछि नेपाली विद्यार्थीहरूले अङ्ग्रेजी साहित्य पठनपाठनमा निकै अभिरुचि देखाए । तीमध्येमा पनि विशेष गरी १६औँ शदीका अङ्ग्रेजी साहित्यका मूर्धन्य नाटककार विलियम शेक्सपियरका कृतिहरूमा ।
आधुनिक नेपाली साहित्यका विशिष्ट नाटककार बालकृष्ण सम -१९५९-२०३८)ले त विलियम शेक्सपियरको शैली अनुकरण गरी अनुष्टुप छन्दमा थुप्रै नाटकहरू लेखे । त्यसैले उनलाई आदरार्थी शब्दमा ‘नेपालका शेक्सपियर’ सम्म पनि भनियो ।
अङ्ग्रेजी साहित्यका अति गौरव र विश्वसाहित्यका दुर्लभ प्रतिभा मानिने यी मूर्धन्य नाटककार एवन कवि विलियम शेक्सपियर ई.सं. १५६४ अपि्रल २३ का दिन बेलायतको एउटा सानो सहर स्ट्रारफोर्ड-अपन-एवं भन्ने ठाउँमा जन्मेका हुन् । यिनका बाबु सामान्य परिवारका थिए भने आमा चाहिँ हुनेखाने परिवारकी । त्यही सहरकै ग्रामर स्कुलमा शेक्सपियरले शिक्षा हासिल गरे । आफूभन्दा केही वर्ष जेठी उमेरकी ऐनीसँग बिहे गरी रोजगारीको खोजीमा लण्डन सहर पसे । सहकर्मीहरूसँग मिलेर एउटा थिएटर बनाए जुन पछि गएर ग्लोब थिएटरको रूपमा प्रसिद्ध भयो । त्यहाँको नृत्य-नाटक मण्डलीसँग आबद्ध भएर २० वर्षभन्दा बढी समयसम्म अभिनेता र लेखक बनी सक्रिय रहे । पछि आर्थिक अवस्था सप्रेपछि आˆनै गाउँ फर्के ।
बेलायतकी महारानी एलिजावेथ प्रथमको समयमा उनको प्रभाव र उचाइले गर्दा त्यो युगलाई नै ‘शेक्सपियर युग’ भनियो ।
लण्डन बसाइँमा यिनले १५४ वटा सनेट -चतुष्पदी कविता), सामाजिक, रोमान्टिक, वियोगान्त, संयोगान्त, ऐतिहासिक एवं हाँस्य प्रधान गरी ३७ वटा नाटक र काव्यहरु सिर्जना गरी अङ्ग्रेजी साहित्य समृद्ध पार्नमा गहकिलो योगदान गरे ।
नाटक र काव्यलेखनबाट अपूर्व यश र कीर्ति हासिल गरेका यिनको मृत्यु ५२ वर्षको उमेरमा इ.सं. १६१६ अपि्रल २३ कै दिनमा भयो ।
उनका नाटकहरूलाई चार कालखण्डमा विभाजन गर्न सकिन्छ । प्रारम्भिककालका नाटकहरूमा स्वप्निल भावहरू, दोस्रो कालमा ऐतिहासिक, रोमान्टिक र सुखान्त, तेस्रो कालमा दुःखान्त र पीडादायी तथा चौथो अथवा अन्तमा दया, क्षमाजस्ता मानवीय भावनाले भरिएका छन् तर उनले आˆनो जीवनकालभरि आˆना सबै कृतिहरू प्रकाशन भएको अवसर भने देख्न पाएनन् ।
उनको मृत्यु भएको ४०० वर्ष बितिसक्दा पनि यश र चर्चामा अलिकति पनि कमी आएको छैन । यसै तथ्यलाई इङ्गति गर्दै अङ्गे्रज कवि बेन जोन्सनले शेक्सपियरको विशेषताको बारेमा भनेका छन्- “विलियम शेक्सपियर अङ्ग्रेजी साहित्यका एक युगका मात्र नभई अनन्तकालसम्मका लागि पनि प्रतिनिधि हुन् ।”
यिनै मूर्धन्य नाटकका कृतिहरूमा हामीकहाँ विक्रम संवत्को १९औँ शदीको नवौँ दशकदेखि केही चासो राखेको देखिन्छ । सात दशकको अन्तरालमा उनका सिर्जनाहरू नेपाली साहित्यमा चार प्रकारको माध्यमबाट अनुदित भई प्रवेश भएको पाइन्छ । ती यस प्रकार छन्- कथासाहित्य, नाटक, काव्य र बालसाहित्य ।
सर्वप्रथम नेपाली साहित्यमा प्रवेश गराइएका शेक्सपियरका कृतिहरूमा ‘संसार एक नाट्यशाला हो’ भन्ने ‘हृयामलेट’ नाटकको एक अंश नरेन्द्रमणि आचार्य दीक्षितद्वारा अनुदित ‘युरोपिय साहित्यको नमुना’ शीर्षक पुस्तकमा समावेश गरिएको छ । उक्त ग्रन्थ वि.सं. १९९५ मा तत्कालीन नेपाली भाषानुवाद परिषद्बाट छापिएको हो ।
अब प्रकाशनको कालक्रमानुसार कथा साहित्यबाट सुरु गरौँ । विलियम शेक्सपियरका छवटा नाटकलाई कथाको रूपमा अङ्गे्रज लेखक एच.जी.वाटद्वारा लेखिएको स्टोरिज प|mम शेक्सपियरलाई ‘शेक्सपियर कथा सङ्ग्रह’ को नाममा पार्थमणि दीक्षितद्वारा सर्वप्रथम अनुदित कथासङ्ग्रह वि.सं. १९९८ मा तत्कालीन नेपाली भाषानुवाद परिषद्बाट प्रकाशित भयो ।
तदनन्तर ६२ वर्षको अन्तरालपछि शेक्सपियरका १० वटा नाटकलाई कथाको रूपमा परिणत गरी ‘शेक्सपियरका विश्वप्रसिद्ध कथाहरू’ शीर्षकमा जलेश्वर पाण्डेद्वारा अनुदित सङ्ग्रह वि.सं. २०६० मा एसिया पब्लिकेसनबाट प्रकाशित भयो ।
यस सङ्ग्रहको प्रकाशनपछि शेक्सपियरको एउटा नाटक ‘रोमियो जुलियट’लाई ‘रोमियो जुलियटको प्रेमकथा’ शीर्षकमा विश्व रिजालद्वारा अनुदित कथा २०६२ मा ट्रान्स रिपि्रन्टद्वारा प्रकाशित गरियो यसपछि ‘शेक्सपियरका कथाहरू’ नाम दिई मधुसूदन पाण्डेयद्वारा अनुदित सङ्ग्रह २०६४ मा पैरवी प्रकाशनद्वारा प्रकाशित भयो ।
यसरी नै ‘शेक्सपियरका दुई उत्कृष्ट कृति-हृयामलेट र जुलियस सिजर’ शीर्षकमा मधुसूदन पाण्डेयद्वारा अनुदित कथासङ्ग्रह २०६४ मा सनराइज पब्लिकेसनबाट प्रकाशित भयो भने पुनः ‘विलियम शेक्सपियर
-विश्वप्रसिद्ध कथाहरू- भाग-१ र भाग-२) मा विभाजन गरी पहिलो खण्डमा १८ वटा र दोस्रो खण्डमा १९ वटा कथा समावेश गरी रामहरि बञ्जाराद्वारा अनुदित दुईवटा सङ्ग्रह २०६५ मा मधुवन प्रकाशनबाट छापियो ।
यस प्रकाशनको लगत्तै हृयामलेट नाटकलाई ‘हृयामलेट’ शीर्षक गरी सफल घिमिरेद्वारा अनुदित एउटा मात्र कथा बेमितिमा ट्रान्स रिपि्रन्टद्वारा प्रकाशित गरियो ।
यस कथाको प्रकाशनसँगसँगै चाल्र्स तथा मेरी ल्याम्बद्वारा शेक्सपियरको १४ वटा नाटकलाई कथाको रूप दिइएको स्टोरिज प|mम शेक्सपियरलाई ‘शेक्सपियर कथासङ्ग्रह’ शीर्षकमा तुलसीप्रसाद आचार्यद्वारा अनुदित कथासङ्ग्रह २०६५ मा ट्रान्स रिपि्रन्टद्वारा प्रकाशित भएको पाइन्छ भने नाटकतर्फ विलियम शेक्सपियरका नाटकहरूमा सर्वप्रथम उनको ऐतिहासिक नाटक जुलियस सिजरको सोही मूलनाम ‘जुलियस सिजर’ शीर्षकमा आसाम, भारतका टङ्कनाथ उपाध्यायद्वारा अनुवाद गरी इ.सं. १९५३ वि.सं. २०१० मा बिहानी प्रकाशन आसामबाट प्रकाशित भयो ।
समयको धेरै अन्तरालपछि अर्थात् २२ वर्षपछि शेक्सपियरको उपरोक्त जुलियस सिजर नाटकलाई ‘जुलियस सिजर’ शीर्षकमा ओकिइयामा ग्वाइनद्वारा अनुदित नाटक इ.सं. १९७४ वि.सं. -२०३१ मा श्याम ब्रदर्श, दार्जीलिङबाट प्रकाशित भयो ।
शेक्सपियरको सामाजिक नाटक द मर्चेन्ट अफ वेनिसलाई सूर्यप्रकाश गिरीद्वारा पहिलोपल्ट ‘भेनिसका महाजन’ शीर्षकमा अनुदित ग्रन्थ वि.सं. २०१३ सालमा प्रकाशित भयो । यस संस्करणमा प्रकाशकको नाम उल्लेख गरिएको छैन ।
द मर्चेन्ट अफ वेनिसलाई पुनः ‘भेनिसको व्यापारी’ शीर्षकमा पुष्पलाल शिवाकोटीद्वारा पुनः अनुदित नाटक इ.सं. १९६५ वि.सं. २०२२ मा हिमालय पि्रन्टिङ वक्र्स, दार्जीलिङद्वारा प्रकाशित गरियो ।
उपरोक्त नाटक प्रकाशनको ठीक एकदशकपछि सोही नाटकलाई ‘भेनिसका महाजन’ नाम गरी रामचन्द्रं गिरीद्वारा अनुदित नाटक इ.संं १९७६ वि.सं. २०३३ मा सागर पब्लिकेसन, सिलिगुडी, भारतबाट प्रकािशत गरियो भने निकै समयपछि पुनः सोही नाटकलाई ‘वेनिसका सौदागर’ शीर्षकमा टङ्कनाथ उपाध्यायद्वारा अनुदित ग्रन्थ नेपाली साहित्य परिषद्, आसामबाट इ.सं. १९९२ वि.सं. २०४९ मा प्रकाशित भयो ।
शेक्सपियरको अर्को नाटक ‘ट्वेल्ˆथ नाइट’ लाई ‘बाह्रौँ रात’ शीर्षकमा उद्दीप थापा मुगालीद्वारा अनुदित ग्रन्थ २०१७ सालमा नेपाल एकेडेमीबाट प्रकाशित भयो ।
यस नाटकको प्रकाशनपछि नाटककारको अर्को नाटक ओथेलोलाई ‘ओथेलो’ मूल शीर्षकमै पुष्करशमशेरद्वारा अनुवाद गरी २०१८ मा नेपाल एकेडेमीबाट प्रकाशित गरियो ।
धेरै वर्षको अन्तरालपछि यही नाटकको पुनः ‘ओथेलो’ शीर्षकमै मधुसूदन पाण्डेय एमएबीएलद्वारा अनुदित भई २०६२ मा एसिया पब्लिकेसनबाट प्रकाशित भयो ।
शेक्सपियरकै अर्को नाट्यकृति म्याकबेथलाई ‘म्याकबेथ’ शीर्षकमै महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा बृहत् भूमिकासहितको अनुदित नाटक २०२६ मा नेपाल सांस्कृतिक सङ्घद्वारा प्रकाशित भयो ।
उपरोक्त नाटक पुनः
‘म्याकबेथ’ शीर्षकमै मधुसूदन पाण्डेय एमएबीएलद्वारा अनुदित नाटक २०६० मा एसिया पब्लिकेसनबाट प्रकाशित भयो ।
शेक्सपियरकै ऐतिहासिक नाटक किंग लिएरको ‘राजा लियर’ शीर्षकमा उद्दीप थापा मुगालीद्वारा अनुवाद गरिएको ग्रन्थ २०२९ मा नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानद्वारा प्रकाशित भयो ।
शेक्सपियरकै हृयामलेट नाटकलाई ‘हैमलेट’ शीर्षकमा प्रदीप ढकाल र यादवप्रसाद पाण्डेको संयुक्त अनुवाद ग्रन्थ २०५८ मा एसिया पब्लिकेसनबाट प्रकाशित भयो ।
कथा र नाटक अनुवादको उल्लेखपछि काव्य अनुवादतिर नियाल्दा यी मूर्धन्य नाटककार एवं कवि शेक्सपियरको लघुकाव्य विनस र एडोनिसलाई ‘रति र काम’ शीर्षकमा झ्याउरे छन्दमा श्रीभद्र शर्माद्वारा अनुदित १९९ श्लोकको ग्रन्थ २०६५ मा डा. आरती खनाल शाह तथा अरुणा खनालद्वारा प्रकाशित भयो । यस लघुकाव्यानुवादको विशेषता वा रोचक पक्ष के छ भने हाम्रा कथाकार विशेश्वरप्रसाद कोइराला रचित रतिरागात्मक कथा ‘कर्नेलको घोडा’सँग यस काव्यको कथा दाँजेर पाठकहरूलाई कृतिको वास्तविक मर्म बोध गराउने काम गरेका छन् ।
शेक्सपियरका कथा, नाटक र काव्यको चर्चापछि बालसाहित्यतिर लागौँ नाटककारका १० वटा नाटकलाई सारसङ्क्षेपमा बालसाहित्यको रूपमा सरलीकृत अनुवाद प्रस्तुत गरिएको छ- ती बालपुस्तक छन्- राजा लियर, म्याकबेथ जुलियस सिजर, रोमियो जुलियटमध्ये ग्रीष्मरात्रिको एउटा सपना, हृयामलेट, भेनिसको व्यापारी, मान या नमान, बाह्रौँ रात तथा तूफान कृष्णदेव सिग्देलद्वारा अनुदित यी पुस्तहरू २०५९ मा हिमाल बुक स्टलद्वारा प्रकाशित भयो ।
विलियम शेक्सपियरका कृतिको नेपालीमा अनुवाद गर्ने कार्यको थालनी भएको लगभग सातौँ दशक पुग्न लाग्दा उनका कृतिहरूमध्येमा सात जनाले नौवटा कथा सङ्ग्रहको अनुवाद गरेका छन् । त्यसमध्येमा दुई जनाले जनही दुईवटा सङ्ग्रहको अनुवाद गरेका छन् ।
नाटक अनुवादमा सातवटा नाटकको ११ जनाले १३ वटा अनुवाद गरेका छन् । तिनमा जुलियस सिजरको सोही शीर्षकमा दुई जनाले एक-एकवटा, बाह्रौँ रात र राजा लिएर शीर्षकमा एक जनाले दुईवटा, ओथेलो शीर्षकमा दुई जनाले एक-एकवटा, म्याकबेथ पनि दुई जनाले एक-एकवटा अनुवाद गरेका छन् भने हृयामलेट दुई जनाले संयुक्तरूपमा अनुवाद गरेका छन् तर ‘द मर्चेन्ट अफ वेनिस’ नाटक भने चार जनाले चार विभिन्न शीर्षकमा अनुवाद गरेका छन् ।
काव्यानुवाद एक जनाले गरेको देखियो भने बालसाहित्यतर्फ पनि एकै जनाले दसवटा अनुवाद गरेका छन् ।
