Skip to content

काँडे तार लगाऊ

  • by


छिमेकीको डाम्ना छाडा भो रे प्रिय बार लगाऊ
पहरे नि निन्द्रामा छन् रे काँडे तार लगाऊ

तिम्रो अस्मिता धराप छ रे कसरी जोगाउँछौ
कुनियतले बढे कोही भने सिस्नो झार लगाऊ

बाजे बाराजुले झुक्न सिकाको छैन नझुक्नु कतै
स्वाभिमानमा आँच आए खुकुरिमा धार लगाऊ

आई लाग्नेलाई जाइ नलागे थिच्नेले थिच्छ नै
निर्धो नै हेपिन्छ सधैं नभन प्रभु पार लगाऊ

कुरुप भा छ रे बस्ती फोहोरीहरुको दोहोरीमा
दुर्गन्धमा कता जच्छ र भनु सिंगार लगाऊ

Leave a Reply

Your email address will not be published. Required fields are marked *