Skip to content

साँझसाँझ हुँदो हो, तर अँधेरो नै भइसकेको थिएन । ऊ अफिसबाट हो वा भट्टीबाट वा कुनै कथाबाट पो हो कि उछिट्टएिर आएको थियो, एक्लै हिँडेर आइरहेको थियो । गल्लीभित्र छिर्नुभन्दा ठ्याक्क अगाडिको मोडमा उसलाई टक्क रोकिनुपयो । कारण अरु थिएन । केही भारी वस्तु थियो, जुन उसले कुल्चेको हुनुपर्छ । यसैले खुट्टा एउटा लामो र अर्को छोटो भयो । केही नरम, केही लेसिलो र केही ठोस वस्तु उसले कुल्चेको जस्तो अनुभव गयो, तर के ? निक्र्यौल गर्न उसले भुँइमा, जहाँ आप\mनो खुट्टाले केही कुल्चेको वस्तु थियो, त्यहाँ हेयो । हेर्छ त…झसङ्ग… ऊ तस्र्यो । सुरुरु एकैछिनमा रगत रसाएर उम्रेजस्तो वा गल्ली वा सोसरहरुको दुलोबाट आएको झीरजस्तो सुइरे हावाले छोयो । अनि एक्कासि उसको मगजको कुनै केन्द्रमा कसैले साउती गरेर सङ्केत गर्‍यो- बम ! बम ? फोहरबम ! कालो प्लास्टिकले बाँधेर राखेको ।

अनि त के ? एक त हिँडेर आएको, त्यसमाथि यो त्रास । जाडोको महिना भए पनि उसको मुहारमा भयसहितको पसिना खलखल्ति उमि्रयो । तब उसलाई जीवनदर्शनसम्बन्धी व्यापक चिन्तनले एकसाथ छोप्न थाल्यो । पहिला उसले आप\mना मातापिता सम्झ्यो, जो आज उसले ल्याएको औषधिबाट अझ बाँच्ने आप\mना मातापिता सम्झ्यो, जो आज उसले ल्याएको औषधिबाट अझ बँच्ने मोह बढेको अनुभव गरी पर्खिरहेका छन् । मातापिता । देदीप्यमान अनुहार त होइन, तर आज उसलाई एकदमै मोहक र प्यारो लाग्यो- यतिबेला । बाबु, औषधि आज त चाहिन्छ है ? दम र खोकी अनि ग्यास्टि्रकले सहनै नसक्ने भएका छौं । मातापिताको यो याचनसंवादसँगै आफूले साथमा लेराएको औषधि छाम्यो । सद्दे नै थियो यथावत् । अब यो औषधि लिएर डेरामा पुग्न नसके त आज खतमै हुने भयो । मत त जाने नै भएँ-भएँ । मेरा मातापिता ? हे मातापिता ? तिम्रो यस पुत्रलाई क्षमा गर । आज यस धरापमा अनाहक परेँ नि ! म त गएँ-गएँ । यो औषधि पनि जाने भयो । कोही आए यो औषधि सुरक्षित रुपमा घर पुर्‍याउनु हुन्थ्यो । यो सोचेर यसो यताउता हेर्‍यो, तर साथीभाइको त कुरै छाडिदिउ उसलाई पछ्याउन कुकुरसम्म पनि देखा परेन । उसलाई झनक्क रिस उठ्यो । साले स्वार्थीहरु- रक्सी खान भनेपछि मेरा पछिपछि आउनेहरु आज त देखै परेनन् । के गर्ने त ? मातापिताको स्मृतिविम्ब र मायामोह सबै एकछिन थाती राखेर आप\mनो सम्झना फर्कायो । प्रेमिका ?

प्रेमिकालाई सम्झ्यो । प्रेमिकाका अनेक घुर्कीसँगै उसले प्रेम र जीवन एकसाथ हुर्काइरहेको थियो । प्रेमिकासँग उसका लागि जति नै गुनासो भए पनि विश्वास र एक मीठो चुम्बन त अद्यापि रहेकै छ । त्यही प्रेमिका घुर्कीसँगै आप\mनो प्रेम बढाउँदै गइरहेकी थिई । अब केही महिनाभित्रै प्रेमिकाको गुनासो र घुर्की समाप्त हुन लागेको थियो अर्थात् उसको र प्रेमिकाको बिहे आउने महिनामा हुँदै थियो । अब अहिले, यति बेला ? प्रेमिका र प्रेमिकाका साथ आप\mनो लाचारी उठ्यो । झन् प्रेमिकासँग मायामोह प्रगाढ भएको बोध भयो । मेरी प्रेमिका, मलाई क्षमा गर । आज म उस्कन सकिनँ । अब हाम्रो बिहे…यस युगमा त खैं…! यतिभन्दा पर बढी उसले बड्बडाउन सकेन र बोल्न पनि सकेन । विवशता ओढेर हेर्‍यो आफ्नो खुट्टा । खुट्टा दह्रो गरी त्यो कालो प्लास्टिकको पोको कुल्चिरहेकै थियो । खुट्टा एक इन्चमात्र उचालिइयो कि पड्कनेछ बम । फोहरबम…। फेरि भाइबहिनीको सम्झना अन्य दिनभन्दा टड्कारो भएर आयो । अन्य दिनमा उनीहरुको बोली कर्कश लाग्थ्यो । उनीहरुको बोलीमा मधुरपन कम, विस्फोट बढी हुने गथ्र्यो । दाइ, आज मलाई जिन्स ज्याकेट चाहियो । दाइ, आज मलाई सलवार-कुर्ता चाहियो । दाइ, आज क्याम्पसको फिस बुझाउनुपर्छ । दाइ, आज पिकनिक जान तीन हजारचाहिन्छ । दाइ, अब म अमेरिका जान्छु पढ्न-भिसा मिलाइदेऊ कति कर्कश लाग्छन् यी स्वरहरु । ऊ सधैं झिजो मान्थ्यो, तर आज, यतिबेला ? कर्कश लागेन । माया लाग्यो । मोह जाग्यो । भाइबहिनी-मेरा प्यारा छन् । म गार्जेन हुँ, उनीहरुको । मसँग गुनासो त गर्ने नै भए, तर प्यारा भाइबहिनी ? आज तिम्रो दाइ विवश छ । तिमीहरुको सपना अब पूरा गर्न नसक्ने भएको छ । मलाई क्षमा गर । अनि ?

अनि एक्कासि घाँटीभित्र अमिलो उम्रेर चपक्क अँठ्यायो । घाँटी दुखेर कोक्क्यायो । आँखामा सर्र पानी उम्लेर आयो । यो के ? म रुँदैछु । किन ? एकदिन मर्नर्ुपर्ने जीवन । आज म … यो धराप… यो त्रास… उफ्… चाँडै जाने भएँ । हे देश, हे मेरो मातृभूमि- मलाई क्षमा गर, … मलाई कति बाँच्नु छ… तिम्रो लागि । देशका लागि कतिकति मिहिनेत गर्नु छ मलाई, तर आज … ? त्यो पूरा नहुने भयो । देशमा छाएको अन्योल … भ्रष्ट राजनीति … महँगी … डर… त्रास… कहिले खतम हुने हो ? यसैका लागि भए पनि त मलाई लड्नु छ नि…! म र मजस्ता युवकहरु देशका लागि बलिमा चढेका छन् । देशभित्र पनि, देशबाहिर पनि । यस देशका लागि नै हो । देश प्यारो लाग्छ । माटो प्यारो लाग्छ । हिमाल शीतल लाग्छ । नदी पवित्र लाग्छ, तर त्यो हिंसा, त्यो रगत…? यत्रो समय भयो… सधैं निरीह जनता नै किन बलिको बोको ? सधैं उनीहरु नै पेलिनुपर्ने किन ? उफ् ! रिस धरहरा भयो । उसले मुठी कस्यो । यो सारा भ्रष्ट नीति र अत्याचारलाई पाए अहिले नै निमिट्यान्न पारिदिउ-उसलाई लाग्यो,

तर … ?

तर लागेर के गर्नु ? ऊ विवश छ । अब यतिभन्दा पर ऊ जानै सक्तैन । खबरहरु धेरै छन् । मेची-महाकाली सबै ठाउँहरु दृश्यवत् र बीभत्स भएर उसका सामु आए । मान्छेहरु मरेका । शिक्षकहरु कक्षामा इमानको क, ख, ग, घ पढाउँदापढाउँदै पढाउनुको दण्डमा सूली चढेका । बालबालिकाहरु देश बनाउने सु्न्दर सपना झोलामा बोकेर हिँड्नु महापाप भयो र अनिश्चित भविष्यको कठोर विस्फोटमा शरीर टुक्राटुक्रा पार्न विवश भएका । नदी सुकेका । हिमाल रोएको । आकाश झुकेको । देश दुखेको । पवन रोकिएको । शान्ति मरेको । रक्षा हराएको । यस्तो भएको र उस्तो भएको खबर… । यस्ता खबरहरुको इतिहासमा कतै नलेखिने यो घटना पनि कतै अङ्कति हुने भयो । जागिरबाट अपहेलित, हाकिमहरुबाट पेलित एक सामान्य कर्मचारी साँझ बम कुल्चेर पड्कियो । धडाम्म… ! यसरी …! यसरी सारा जीवनदर्शन एकसाथ आएपछि उसले अरु सोच्ने मन गरेन, किनभने ऊ जस्तै निराशामा पनि आशा लिएर बाँच्ने व्यक्ति हो । यसैले ऊ सधै आशामा बाँच्नुपर्ने सोचले आफूलाई जीवित मान्छे ठान्थ्यो, तर आज ? साले, यस फोहरबमले आज मेरोबाटो रोक्ने ? एक दिन मर्नु नै छ भने म यो नाथे बमसँग किन डराउ ? बाँच्न सङ्घर्ष गर्न सक्ने मान्छे नै यहाँ बाँच्छ भने विवश भएर त्रास लिई किन मरुँ ? यो सोचसँगै एक्कासि कतैबाट उसले बुद्ध सम्झ्यो । मातापिता सम्झ्यो । भाइबहिनी सम्झ्यो । प्रेमिका सम्झ्यो । साथीभाइ सम्झ्यो । देश सम्झ्यो र अनि आफूलाई सोच्यो । उसले पायो- बाँच्न छ भने केही बहादुरी त देखाउनैपर्छ । यसैले भएभरको बम, निडरतालाई आप\mनो खुट्टामा ल्याएर ‘ला त साले’ एक लात दह्रो तुजुकले हान्यो उसले … ।

उसले सोचेको थियो, अब ठूलो विस्फोट हुनेछ । यसैले जोडले आँखा चिम्लियो, तर फोहरबमको आशातीत ठूलो विस्फोटको सट्टा भुक्कको सानो आवाजका साथ अलि पर उछिट्टयिो । ऊ अचम्मले त्यस झोलातिर हेर्न पुग्यो । त्यहाँ बम त होइन, बरु सृष्टिकै प्रथम पुरुषश्रेष्ठ मनु र उनकी पत्नी शतरुपालाई नै झस्काउने गरी कुनचाहिँ पुरुषरत्न एवम् नारीरत्नले आप\mनो वंशजक्रियापछि दर्शनार्थ हुने गरी फालेका ‘युज एन्ड थ्रो’का आदिम वस्तुहरु थिएमू छरपस्टिएका । लिङ्गआकारको कन्डम, रातो ओढेको सेनेटरी टवेल, कपडा, पातला कागज आदि वस्तुहरु । निर्लज्ज छरपस्टिएका । अनि त के ? धरहरा बनेको त्रास र जोस एकसाथ एक्कासि सामसुम झरेर भूमिसात् भयो । बढेको प्रेसर एक्कासि स्वातसुत्त घटेको जस्तो भयो ।

अब ऊ …?

ऊ निधारको पसिना पुछेर हाँस्न थाल्यो, एक्लै… एक्लै, साले… मान्छेको जीवन… कति डरमर्दो… कति त्रासमय …! ती वस्तुहरु देखेर उसलाई हाँसो र रिस एकसाथ उठ्यो । हाँसो कुन अर्थमा भने यस देशका नागरिक परिभाषा बदलिने गरेर आप\mनो परिचय र स्वत्व गुमाइरहेछन् । डरछेरुवाको रुपमा वा हिंस्रकका रुपमा । अनि रिस कुन अर्थमा भने साले, मान्छेहरु सानोसानो त्रासमा पनि पूरै मृत्यु ओढ्नुपर्ने बनेका छन् भने त्यस्तो स्थितिमा आफ्नो आनन्ददायी डिलक्स कोच आप\mनो बेडरुमभित्र मात्र सीमित नगरी यसरी किन सार्वजनिक स्थलमा प्रदर्शित गर्दछन् ? प्रश्नवत् ती त्रासपछि विरक्ति दिएका वस्तुतिर हेर्‍यो, तर अब उसले निर्णय गर्न सकेन- त्यस वस्तुका कारकलाई गाली गर्ने कि बम भन्ने शब्दलाई गर्ने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *