Skip to content

हेरन त्यो बादल कती खुशी साथ दौडेको
एक्लै हिड्दा झनै खुशी
उतिखेरै टुटेको छ
उतिखेरै जुटेको छ
तर पनि
निस्फिर्की साथ हिडेकै छ
एकनाशले दौडीरहेछ स्वतन्त्रपुर्बक/
शहर माथि छु भनेर खुशी पनि छैन
मरुभूमि माथि परेर ढुखी पनि छैन
प्रतिस्पर्दाले गाँजेको पनि छैन
कंहि ठोकिएला भनेर चिन्तित पनि छैन
आफै बाटो बनाउदै हिडिरहेछ
कस्तो मेहेनती हुदोरहेछ बादल/
कसैको आशामा पनि छैन
न त निराश नै देखिन्छ कहिलेही
डर त्रासमा पनि छैन कसैको
कसैले इन्कार्ला भनेर
मतलब नै छैन जस्तो गरि
लुकामारी खेल्दै हिडिरहेछ
घरीघरी पुर्णिमाको चन्द्रलाई पनि छेकीदिन्छ
ताराहरुलाई त कतिकति
तर पनि
संकोच छैन उसमा
हिडिरहेछ बरालिदै खुला आकाशमा/
जता मन लाग्छ उतै डुलेको छ
कुनै पास बिनानै
कहिलेकाही त देशहरु नै छिचोलछ
बिना भिसानै बिना रोकतोक
कतिखेर हराईने हो चिन्ता पनि छैन जस्तो
अनिश्चयको यात्रा बिचपनि एकनाशले दौडिरहेछ
कहिँ पुग्ने नै हो कि झैँ गरि
आफ्नो अस्तित्व खोज्न हैन
अस्तित्व बोकेर हिडिरहेछ त्यो बादल/

Leave a Reply

Your email address will not be published. Required fields are marked *