मझेरी डट कम

  • छनौटका रचनाहरू
  • मझेरी भलाकुसारी
  • मझेरी ट्विट
  • फेसबुकमा मझेरी
  • रचना प्रकाशन गर्दा
  • हाम्रो बारेमा
  • प्रतिकृया
Home

मझेरी आकर्षण

  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/श्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

लग-इन (भित्र)

  • Create new account
  • Request new password

बिधा सूची

कथा
(1052)
आधुनिक कथा
(319)
सामाजिक कथा
(285)
लघु कथा
(273)
मनोविश्लेषणात्मक कथा
(13)
पौराणिक कथा
(10)
बाल कथा
(113)
लोक कथा
(12)
अनुवादित कथा
(5)
विज्ञान कथा
(5)
हाँस्य कथा
(8)
अन्य बिधा (कथा)
(7)
कविता
(3040)
गद्य कविता
(1618)
छन्द कविता
(94)
पद्य कविता
(176)
राष्ट्रिय कविता
(93)
बाल कविता
(75)
गीति कविता
(693)
पौराणिक कविता
(5)
हाँस्य/व्यंग्य कविता
(44)
भक्ति कविता
(5)
अन्य विधा ( कविता)
(22)
गीत
(634)
लोकगीत
(36)
आधुनिक गीत
(315)
पुराना गीत
(32)
बाल गीत
(4)
चलचित्रका गीत
(60)
स्वदेश गीत
(37)
पप गीत
(9)
गजल (गीत)
(87)
निबन्ध
(676)
वर्णनात्मक निबन्ध
(44)
वैयक्तिक निबन्ध
(49)
विचरात्मक निबन्ध
(32)
हाँस्य-व्यंग्य
(112)
संस्मरण
(188)
नियात्रा
(126)
भावनात्मक निबन्ध
(77)
मनोन्यास
(36)
अन्य विधा (निबन्ध)
(9)
विश्लेषण/समालोचना
(923)
सामाजिक समीक्षा
(37)
भाषा/साहित्य समीक्षा
(167)
ऐतिहासिक समीक्षा
(27)
सांस्कृतिक समीक्षा
(122)
संगीत/कला समीक्षा
(42)
व्यक्तित्व समीक्षा
(213)
पुस्तक/कृति समीक्षा
(225)
साहित्यिक खोजपत्र
(14)
भौगोलिक समीक्षा
(15)
शैक्षिक समीक्षा
(1)
राजनैतिक विश्लेषण
(19)
आध्यात्मिक विश्लेशण
(16)
सूचना प्रबिधि समीक्षा
(4)
वैज्ञानिक समीक्षा
(5)
अन्य विश्लेषण
(8)
सूचना/समाचार/बहस
(87)
सूचना/विज्ञप्ति
(6)
साहित्यिक समाचार
(67)
साहित्यिक छलफल
(5)
साहित्यिक रिपोर्ट
(8)
नाटक/एकाङ्की
(34)
नाटक
(18)
बाल एकाङ्की
(6)
संवाद
(10)
अन्य विधा
(2250)
गजल
(1945)
मुक्तक
(145)
हाइकु
(104)
सेन्र्यू
(5)
ताङ्का
(4)
सेदोका
(2)
सनेट
(2)
मैथिली भाषाका लेख/रचनाहरू
(2)
तामाङ् भाषाका लेख/रचनाहरू
(27)
नेवारी भाषाका लेख/रचनाहरू
(2)
अन्य
(7)

अपराधीहरू ... !

kbs — Thu, 12/31/2009 - 10:52

  • हाँस्य-व्यंग्य
  • धीरकुमार श्रेष्ठ

अचेल दिन नबिराई सुदूरपश्चिमेलीहरू राष्ट्रिय समाचारमा छाएका छन्, 'आज यतिजनाले, भोलि उतिजनाले मुक्ति पाए ।'

यस्तै–यस्तै हेर्दा–हेर्दा आँखामात्र होइन सुन्दा–सुन्दा कान पनि पाकिसक्यो । मुक्तिकामी जनताको देशमा जुक्ति नै नलगाई यत्रो उपलब्धि प्राप्त गर्दा यी अलपत्र पर्न नसकेका समाचारपत्रले कोकोहोलो मच्चाउँछन् । हाइसञ्चोले खबरको सिरानी लगाई बेखबर निदाए यिनको घरखेत पहिरोले लान्छ ? राज्यले आधारभूत स्वास्थ्यसेवालाई निःशुल्क घोषणा गरेकै छ । यति ठूलो जिम्मेवारी बिनाविलम्ब समयमै निर्धक्क पूरा गरिसकेपछि सुदूरपश्चिमेलीहरूले झाडापखालाजस्तो सामान्यभन्दा पनि अतिसामान्य बिरामी थेग्न नसक्नु हुन्छ त ? यसमा राज्यको के दोष ? कि हजुर पनि उतै ? तपाईं जतासुकै पर्नुस्, म त सगर्व राज्यको लोलीमा बोली मिलाउँदै यतै । अब हेर्नुस्, धर्म छाड्नु भएन । पितापुर्खादेखि मानिआ'को चलनलाई मैले मात्तै उल्लङ्घन गरेर फलिफाप हुने होइन । पाप बोल्नु हुन्न । देखेको भन्नै पर्छ । झुटो बोल्नु हुन्न । तपाईं पनि छातीमा हात राखी नढाँटी भन्नुस् । त्यसैले म त सत्ते–सत्ते धरोधर्म आँटेरै भन्छु, 'म सुदूर पश्चिमेलीहरूतिर होइन ।'

'किन ?' मलाई सोध्नुभएको ? तपाईंजस्तो विद्वान्ले पनि यत्ति जाबो कुरो नबुझ्नुभएको ? धत ! मलाई नै लाज लाग्यो । तपाईंको त्यत्रो महान् विद्वताको कदर तपाईं आफैँले नगरेको देख्दा कोनि कसलाई भन्दा कसलाई लाज भनेजस्तो भयो । यस्तरी चाहिँदोभन्दा बढी उदारता नदेखाउनुस् न ।

युगौँयुगदेखि खाइआएको जरुवा पानी सधैँजसरी खाँदा यसपालि चाहिँ झाडापखाला लाग्छ । त्यसैले, कि उमालेर कि पियुष हालेर कि सोडिस विधिबाट निर्मलीकृत गरेर मात्र पिउनुस् भनेर यत्रो टेलिभिजन र रेडियोहरूले रातदिन घाँटी सुक्ने गरी फुक्दा पनि उनरूले नसुन्नु हुन्छ त ? यत्ति जाबो कुरो पनि थाहा नपाउनु हुन्छ त ? सरकारले त उहिल्यै घरघरमा टेलिफोन गाउँगाउँमा इन्टरनेट भनेको होइन ? अब इन्टरनेटको जमानामा जाबो टेलिभिजन पनि नहेर्ने अनि रेडियो पनि नसुन्दा कतै कुरो मिल्थ्यो त ? हो, यहीनिर फेर पर्‍यो । त्यसैले बेर भयो । आगो लागेपछि कुँवा खन्ने जमिनमाथि उभिएर धरातलीय यथार्थ बिर्सिनुहुन्छ ?

अब सुदूरपश्चिमेलीसँग टेलिभिजन रेडियो छैन भने त्यसमा राज्यको के अपराध ? विवेक बन्धकी नराखी भन्नुस् । अनि टेलिभिजन र रेडियो नभएकै अपराधमा केन्द्रले बनाएको अल्पकालीन र दीर्घकालीन कार्ययोजनाका बारेमा उनरूले थाहा नपाउनु राज्यको दोष ? खटाएको ठाउँमा जान नमान्ने डाक्टरहरूले नै सरकार जिम्मेवार भएर रोगप्रभावित क्षेत्रमा चिकित्सक नपठाएको भनी पत्रकार सम्मेलनमा दिएको जानकारी उनरूले नपाउनु राज्यकै गल्ती ?

उनरू भनेको उही क्या सुदूरपश्चिमेलीहरू । फेरि हँसियाजस्तो सोझो कुरोलाई सात ठाउँमा बङ्ग्याएर बुझ्नुहोला नि । यस्ता विद्वतामा त (तपाईं होइन) हामी खप्पिस छौँ नि । होइन त ?

आफ्नै वरिपरिको फोहोर तह लाउन नसक्ने राज्यले बेलैमा अविभाज्य भएर भनेकै हो क्यारे, 'दुईचारओटा एमजिट र दुईचार गिलास जीवनजल खाँदा झाडापखालाजस्तो मामुली बिरामीले महामारीको रूप लिन सक्तैन ।' सदरबाट भनेको यति जाबो कुरोलाई कदर नगरी उनरूले बदर गर्न हुन्छ ? यो युरोप–अमेरिका हो र ! विश्वभरिमा दुईसयजना पनि मार्न नसक्ने कोनि के–के जाति फ्लुले संसार हल्लाएजस्तो देश हल्लाउन ? हल्लाउँदा जरा नभएको कुर्सी पो हल्लिन्छ । कुर्सीमा बसेका हल्लिन्छन् ? यति सजिलो कुरो पनि नबुझ्ने अपराध गर्नु हुन्छ उनरूले ? फेरि कुनचाहिँ अलपत्रकारले जान्ने भएर भनेको ? 'फोहोरमैला र जरुवा पानी त उनरूका आदिकालदेखिका अभिन्न सँगाती हुन् । त्यसका कारण झाडापखालाले महामारीको रूप लिएको होइन । बरु अनुदानमा वितरण नगरिएको नकुहिएको ढुसी नपरेको स्वस्थकर चामलका कारण रोग फैलिएको हो ।' यस्ता वाहियात कुरो पनि कतै फोटोसहित छाप्न हुन्छ ? अपराधीहरू ... !

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 1
Tweet

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
(सूरक्षा परिक्षण) तलका अक्षरहरू टाइप गर्नुहोस् ।
Image CAPTCHA
Enter the characters shown in the image.

महिनाको मझेरी छनौट

  • लक्ष्मीप्रसाद देवकोटा
  • नन्दलाल आचार्य
  • रुमन न्यौपाने
  • रामकृष्ण पौडेल अनयाँस
  • राजेश रुम्बा लामा

सामाजिक सञ्जालमा

Follow @Majheri

नयाँ प्रतिकृयाहरू

  • Saran ji hajur lai badhai
    28 min 54 sec ago
  • उक्त कविता महोत्सवको पुरस्कार
    19 hours 55 min ago
  • hlw
    22 hours 36 min ago
  • Very Nice
    3 days 11 hours ago
  • मायाको अतयन्तै गहिराइ बुझने मौका पाएँ
    5 days 17 hours ago
  • All the best..
    1 week 7 hours ago
  • गलत होइन
    1 week 8 hours ago
  • very ice creation.. keep it
    1 week 9 hours ago
  • Good
    1 week 9 hours ago
  • .Thanks
    1 week 16 hours ago

उपयोगी पृष्ठहरू

  • समकालीन नेपाली शब्दकोश
  • प्रीति-युनिकोड रुपान्तरण
  • नेपाली टाइपिङ् (एक्स् नेपाली)
  • नेपाल साप्ताहिक
  • मधुपर्क/मुना

लोकप्रिय रचनाहरू

Today's:

  • "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
  • तिम्रो आगमन
  • मृगतृष्णा
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • चोट देऊ यो मुटुमा (गजल)
  • एक बिधवा महिलाको यौनकथा
  • शहिद
  • लभ इज डेड !
  • मुक्तकहरु
  • दोष के छ भन प्रिय
  • आयु रातको
  • तीन रुवाई
  • आखिर के नै गर्न सक्छौ ?
  • मझेरी भलाकुसारी, अंक १० (बिना तामाङ)
  • नआऊ भो धर्केको मनको बाटोमा
  • आमा
  • पर्वका परिकार (माघे संक्रान्ति)
  • बाँचेको छु, मर्नु नपरोस् (मुक्तक)
  • मेरी उनी
  • हाम्रो बारेमा

Last viewed:

  • त्यसैले त तिमीले........
  • रुप उनको पलपल देख्छु
  • धेरै मायां लाउदा-लाउंदा
  • अभिलासा
  • "किन यती साह्रो भो ??"
  • गगन
  • गजल
  • “कारण”
  • बिभत्स दिवास्वप्न
  • अरुको सानो सानो गल्ती
  • मेरो माया उसको निम्ति..........
  • "सानु" भन्थ्यौ तिमी
  • थाहै नपाई कसैको नजरले
  • गजल
  • गजल
  • गजल
  • सजक युवाप्रति
  • नयाँ बर्षको शुभकामना
  • कथा नागार्जुन डाँडाको
  • मेरो जिन्दगी, मेरो विश्वास: सकारात्मक सोच
  • छनौटका रचनाहरू
  • मझेरी भलाकुसारी
  • मझेरी ट्विट
  • फेसबुकमा मझेरी
  • रचना प्रकाशन गर्दा
  • हाम्रो बारेमा
  • प्रतिकृया

© २००८-२०११ सर्वाधिकार मझेरी डट कममा सुरक्षित