Skip to content

जन्माउन सक्ने सपुत कोख पठाईदिनु
माथि पुग्छौं मिलेर भन्ने सोच पठाईदिनु

सिंगार्नेछौं मेहनतले हाम्रो प्यारो देश यो
देश बन्न सघाउ पुग्ने जोश पठाईदिनु

देशलाई माया मारी कति डाँडा काटी गए
मेरो प्यारो नेपाल भन्ने ओठ पठाईदिनु

रोएन कि देश रुँदा कठोर हाम्रा मन
देश दुख्दा मलाई दुख्ने चोट पठाईदिनु

2 thoughts on “पठाईदिनु”

  1. देशलाई माया मारी कति डाँडा
    देशलाई माया मारी कति डाँडा काटी गए
    मेरो प्यारो नेपाल भन्ने ओठ पठाईदिनु

    sweet ratyabadi gajal. keep it up.

    Kajidai

  2. जन्माउन सक्ने सपुत कोख
    जन्माउन सक्ने सपुत कोख पठाईदिनु
    माथि पुग्छौं मिलेर भन्ने सोच पठाईदिनु

Leave a Reply

Your email address will not be published. Required fields are marked *