Skip to content

फाट्यो जिन्दगी यसलाई मैले

फाट्यो जिन्दगी यसलाई मैले फाल्न सकिन
सलाइकोरी आफ्नैसामु जिन्दगी बाल्न सकिन

सहिदिएँ दु:खलाई नि केवल सुखैसुख सम्झि
आफ्नै अघि चर्किगयो जिन्दगी टाल्न सकिन

हिम्पातले भित्रै खाइसकेछ थोरै बाँकी रहरलाई
कहरभयो जिन्दगी ओठमा रंग हाल्न सकिन

नराखिनै बाडिदिएँ आफ्नो भागको खुशी पनि
सापटीमा जिन्दगी कसीलगाइ ढाल्न सकिन

फाट्यो जिन्दगी यसलाई मैले फाल्न सकिन
सलाइकोरी आफ्नैसामु जिन्दगी बाल्न सकिन

गीता थापा (दोषी)
हाल-ईजरायल

2 thoughts on “फाट्यो जिन्दगी यसलाई मैले”

  1. गजल
    गजल धुजा धुजा यो जिन्दगि, फ्यालु भने सास छ बाँकी
    सलाई कोरी लगाए बल्छ होला, तर आस छ बाँकी,

    दु;ख मेरो निजि धन हो सुख बेची कमाएको
    कल्पेको छैन महलको वास, झोपडिको बास बाँकि छ,

    सिउछु कहिले काँही यो जिन्दगि रहरहरुले, खुशी साट्ने बहानामा
    यो त सुरु हो, यथार्थ बाच्नु पर्ने जिबन खास बाँकी छ ,

    आफ्नाहरू पराइ भइ दिए ठुलै आस थियो क्यार पाप्तिको
    केहि बाड्न सक्छु कि रंग,तिमीसंग मनाउने मधुमास बाँकी छ

    हिम्मत हारेको छुइन सघर्सको मैदानमा, बलिदानी मर्नु परे
    आउ एक जुट हौ ,संसार बदल्ने मसंग सहास बाँकी छ
    तिर्थ (यात्री)पौडेल
    लखनपुर ३ झापा,नेपाल
    हाल;बहराइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *