Skip to content

समाजसेवा

  • by


ऊ नम्रतामा विश्वाश गर्छ। सबैलाई झुकेर नमस्कार गर्नु उसको बानी हो। समयले भ्याएसम्म र क्षमताले पुगेसम्म मानबिय आपद-बिपदका अबसरमा चन्दा दिन्छ। सकेजति सबैलाई सहयोगको हात बढाउछ। कसैलाई हुन्न र गर्दिन नभन्नु उसको कमजोरी हो। भ्याए र सकेजति गर्छ पनि। मेलमिलाप र सद्भाबमा विश्वाश गर्छ। आफुले सहेर  अरुलाई  हँसाउनुमा ऊ रमाउँछ। आँफै अघि सरेर सामाजिक उत्सब,पर्ब र अबसरहरूमा सहभागिता जनाउँछ र सकेजतिको जिम्बेबारी पनि लिन्छ। प्राय सबैखाले सामाजिक कार्यक्रम र मरौपरौमा उपस्थित  हुन्छ। हुन नसक्दा दु:ख मान्छ। आफ्नो घर परिवारलाई भन्दा पनि बढी समाजलाई महत्व दिन्छ।यसरी समाजसेवा जस्तो पवित्र काममा थोरै भए पनि संलग्न हुन पाएको  र गर्न सकेकोमा  आफुलाई भाग्यमानी ठाँन्छ।

समय बित्दै जाँदा उस्का बारेमा  बिभिन्न खाले  प्रतिकृयाहरू बजारमा आउन थाल्छन। मान्छेहरू भन्छन, त्यो फटाहा हो। सबैलाई नमस्कार टक्र्याउछ किनकि ऊ सबैको अगाडि प्रिय हुन चाँहन्छ। जताततै चन्दा दिन्छ किनकि  ऊ नाम कमाउन चाँहन्छ । जहाँतही उपस्थित हुन्छ किनकि सबैलाई धन्यबादी बनाउन चाँहन्छ । सबै संघ-सस्थामा हात हाल्छ किनकि ऊ नामको भोको छ। हरेक उत्सबहरूमा सहभागी हुन प्रोत्साहित गर्छ र टिकट बेच्छ किनकि यसबाट प्राप्त हुने मुनाफाबाट उस्लाई घर परिबारको गुजारा चलाऊन सजिलो हुन्छ ।

यस्ता आरोप, प्रत्यारोप र बिरोधका शब्दहरू सुनेर  ऊ  मर्माहात हुन्छ। उस्को अन्तर मनले भन्छ- तँ समाज सेवा गर्न बन्द गर । घर परिवारको गाँस काटेर गरेको समाजसेवाको परीणाम तिरस्कार हुन सक्दैन। केबल परिवारको वरीपरी घुमेर बस। मोज मस्ती गर। के तैले समाज सुधार र बिकासको ठेक्का लिएको छस र ? अर्काको नाममा पैसा र समय खर्च नगर।सकेजती सम्पत्ति कमा,बचा र आफु संपन्न हो।भौतिक सुबिधा संपन्न जिबन भोग। अर्को मन ले भन्छ- खराब नियतले  सहयोगी हुन खोजेको नाटक गरेको होस् भने तँ दोषी छस नत्र अर्काले बिरोध गर्दैमा तेरो के नोक्सान भएको छ र ? जो केही गर्दैन ऊ केबल बिरोध मात्र गरिरहन्छ। त्यस्ता कृतघ्नहरू समाजका बाधक हुन। तिनिहरू समाजका धमिरा हुँन। उस्ले आफ्नो शरीरका सबै अँगहरू छाँम्छ,सबै अँगहरू यथास्थितिमा पाँउछ । टाउकोमा भएका केशराशीहरू छाँम्छ, एउटै केश पनि झरेको हुँदैन। उस्ले निर्णय गर्छ-कसैले बिरोध गर्दैमा मानवसेवा जस्तो पवित्र काम रोक्नु भनेको निकम्माहरूको आत्माबल बढाउनु हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *