Skip to content

मेरो देश दुखेको बेला


गाउँ शहर जताततै, बन्दुकहरू भुकेको बेला
नाजिस्काऊ साथी मलाई, मेरो देश दुखेको बेला
 
न्याय सत्य अधिकार र, शान्ति-सुरक्षा लुकेको बेला
दया माया भातृत्व र, मातृत्वको मुहान सुकेको बेला
मौकाको पर्खाइमा हाम्रा, कालापानीहरू  ढुकेको बेला
पार्टी पार्टीहरू बिचको, एकताको गाँठो  फुकेको बेला
नाजिस्काऊ साथी मलाई, मेरो देश दुखेको बेला 
 
संबिधान लेखनमा, सभासदहरू चुकेको बेला
देशको बेहाल हेरी लाजले, सगरमाथा झुकेको बेला
हजारौ बीर शहिदहरूले, हामीलाई थुकेको बेला
नाजिस्काऊ साथी मलाई, मेरो देश दुखेको बेला 
हो साँच्चै
नाजिस्काऊ  साथी आज मलाई, मेरो देश दुखेको बेला
    
विमल गौतम
मोरंग
हाल साउदी अरेबिया

११-०३-२०१० रियाद

2 thoughts on “मेरो देश दुखेको बेला”

  1. विमल गौतम जी तपाईं कबित रामरो
    विमल गौतम जी तपाईं कबित रामरो लेखक हुनुहुन्छ । कबित रामरो छ ।

  2. मित्र कहिले काहि बिषय उचित
    मित्र कहिले काहि बिषय उचित लागे लेख्छु मन पराइदिनु भएको मा धन्यवाद

Leave a Reply

Your email address will not be published. Required fields are marked *