आज मेँ दिवस अथवा मजदुर दिवससमय रातको १२ बजेको छ । मेरो वरी परि खजुरका रुखहरु आफनो दरोदरो पातहरु मन्द गतीमा बहेको हावा सँगै सुस्तारीसुस्तारी हलाइ रहेका छन् । जस्को छेउ छेउ मान्छेहरु कोहि आफ्नो ठुला ठुला बढेमानको भुँडीहरु र मोटाएका जीउहरु घटाउन यत्ता उत्ति हिँडि रहेका छन् भने कोहि चाँहि जोडी जोडी गफिएर मध्यरात सम्म दुबो माथी बस्दै भर पुर अनन्द लिदै छन् । त्यसैको नजिकै समुन्द्र मस्त्तले निदाएको छ । शायद दिन भरि नाउँहरुको ओहोर दोहोरले छल्किएर गलेको हुन सक्छ । म देख्दैछु चारै दिशा क्षितिज सम्म शुभ दिपावली झैँ बिजुली बत्ती झिलिमिलि बलिरहेको छन् । अहा !! कति मज्जा !!!!
सडकमा गाडीहरु १५०६० को स्पिड्मा दौडिए पनि मान्छेहरु ओहोर दोहोर गरे पनिकोलाहल मुक्त हो हल्ला केहि नाइन त गाडीको हरण नै छ । सबै आ आफ्नो दुनियाँमा छन् । म चारैतिर एकनासले २ आँखा घुमाउदै छु यी मन मोहक दृष्यहरु हेर्न । मेरो सामो कतारकै सबै भन्दा पुरानो र चर्चित् होटेल सेराटोन आफ्नो पौनाहरुलाई स्वागत सत्कार गर्न प्रतिक्षामा छ । त्यसैको नजिक रहेको पार्कमा साना बच्चा बच्चीहरु र उसलाई स्याहर सुसार गर्ने कामदार मच्ची मच्ची पिङ्ग खेलि रहेको छन् । त्यसो त मध्यरातमा आकासका जुनतारा सँग आँखा जुदाउन म कहाँ बाँकी राखथे र तर अफ्सोच यी बिजुली नै बिजुलीको दुनियाँमा मेरो पिल्ा् पिले ताराहरु कहाँ राम्री देखिन सक्दो रहिछ र ।
म्ा आकासमा धेरै बेर आँखा च्याति च्याति हेरि रहेँ । मेरो यो अछुतो नयनले तीन तारागुजे मुजे ताराहरुलाई देख्न सकिएन । सम्भबत यो बिजुलीका ज्योतीले मेरो दृष्टि सक्ति लुटिएको हो वा न त यी ताराहरुले नि मलाई पराई सम्झि सकेको हो । यि नै अनेका थरिका अनिब¡यातलाई आफैलाई दसा्रउदै मेरो देशमा रहँदाको कालरातहरु सम्झे त्यसलाई साथ दिईरहने आकासका नौ लाखे तारालाई सम्झे । अनि सम्झे मेँ दिवसलाई जुन दिन खुल्लमन्चमा लाखौँको सँख्यमा मेरो सन्तानहरु मजदुर दिवस मनाइ रहेका थिए । सोच्दा सोच्दै र हेर्दा हेर्दै मेरो पेर्टोलिङ्ग समय सकिन लागेछ । घडीको सुइलेा एक घण्ट भएको सँकेत दिँदै थियो । अनि म ओर्ले १८ तला माथी अल मिरकाब टावार बाट उँदो मेरो कार्यक्षेत्र रिसेप्सनमा । अनि निरन्तरता दिए मेरो १२ घण्ट ड्युटीलाई र आजका दिन त मजदुरहरुले ८ घण्ट काम गर्ने समय हुनु पर्छ भन्दै अन्दोलन गरेका ति इतिहासलाई सम्झेँ । अनि त्यति खेर सोसक वर्गले १५ देखी १८ घण्ट सम्म काममा पेलिएका ति तमाम कर्मयुगी पिडित मजदुरलाई सम्झेँ अनि उनीहरुको बिजयलाई सम्झेँ … क्रमशः
राजेश रुम्बा लामा “अतृप्त ” दोहाकतार
http://dcnepal.net/poem.php?nid=1862
