मझेरी डट कम

  • छनौटका रचनाहरू
  • मझेरी भलाकुसारी
  • मझेरी ट्विट
  • फेसबुकमा मझेरी
  • रचना प्रकाशन गर्दा
  • हाम्रो बारेमा
  • प्रतिकृया
Home

मझेरी आकर्षण

  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/श्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

लग-इन (भित्र)

  • Create new account
  • Request new password

बिधा सूची

कथा
(1052)
आधुनिक कथा
(319)
सामाजिक कथा
(285)
लघु कथा
(273)
मनोविश्लेषणात्मक कथा
(13)
पौराणिक कथा
(10)
बाल कथा
(113)
लोक कथा
(12)
अनुवादित कथा
(5)
विज्ञान कथा
(5)
हाँस्य कथा
(8)
अन्य बिधा (कथा)
(7)
कविता
(3040)
गद्य कविता
(1618)
छन्द कविता
(94)
पद्य कविता
(176)
राष्ट्रिय कविता
(93)
बाल कविता
(75)
गीति कविता
(693)
पौराणिक कविता
(5)
हाँस्य/व्यंग्य कविता
(44)
भक्ति कविता
(5)
अन्य विधा ( कविता)
(22)
गीत
(634)
लोकगीत
(36)
आधुनिक गीत
(315)
पुराना गीत
(32)
बाल गीत
(4)
चलचित्रका गीत
(60)
स्वदेश गीत
(37)
पप गीत
(9)
गजल (गीत)
(87)
निबन्ध
(676)
वर्णनात्मक निबन्ध
(44)
वैयक्तिक निबन्ध
(49)
विचरात्मक निबन्ध
(32)
हाँस्य-व्यंग्य
(112)
संस्मरण
(188)
नियात्रा
(126)
भावनात्मक निबन्ध
(77)
मनोन्यास
(36)
अन्य विधा (निबन्ध)
(9)
विश्लेषण/समालोचना
(923)
सामाजिक समीक्षा
(37)
भाषा/साहित्य समीक्षा
(167)
ऐतिहासिक समीक्षा
(27)
सांस्कृतिक समीक्षा
(122)
संगीत/कला समीक्षा
(42)
व्यक्तित्व समीक्षा
(213)
पुस्तक/कृति समीक्षा
(225)
साहित्यिक खोजपत्र
(14)
भौगोलिक समीक्षा
(15)
शैक्षिक समीक्षा
(1)
राजनैतिक विश्लेषण
(19)
आध्यात्मिक विश्लेशण
(16)
सूचना प्रबिधि समीक्षा
(4)
वैज्ञानिक समीक्षा
(5)
अन्य विश्लेषण
(8)
सूचना/समाचार/बहस
(87)
सूचना/विज्ञप्ति
(6)
साहित्यिक समाचार
(67)
साहित्यिक छलफल
(5)
साहित्यिक रिपोर्ट
(8)
नाटक/एकाङ्की
(34)
नाटक
(18)
बाल एकाङ्की
(6)
संवाद
(10)
अन्य विधा
(2250)
गजल
(1945)
मुक्तक
(145)
हाइकु
(104)
सेन्र्यू
(5)
ताङ्का
(4)
सेदोका
(2)
सनेट
(2)
मैथिली भाषाका लेख/रचनाहरू
(2)
तामाङ् भाषाका लेख/रचनाहरू
(27)
नेवारी भाषाका लेख/रचनाहरू
(2)
अन्य
(7)

मेरो प्यारो ओलाङ्चुङगोला

kbs — Sun, 08/01/2010 - 23:26

  • संस्मरण
  • राजेन्द्रप्रसाद पन्त 'तारकीणी'
  • नेपाल साप्ताहिक

पञ्चायतकालमा कुनै कर्मचारी, शिक्षक वा अन्य कुनै सरकारी/अर्धसरकारी निकायका कर्मचारीले राजनीतिमा भाग लिन खोजे तत्कालीन शासकहरूले भन्ने गरेको 'राजनीति गरे ओलाङ् चुङगोला पुग्नुपर्ला' थेगो बाल्यकालमा सुनेदेखि ओलाङ्चुङगोला पुग्ने जुन उत्कण्ठा मभित्र झाँगिएको थियो, त्यो गत महिना पूरा भयो । समय परविर्तनशील छ । ठाउँ यथास्थितिमा छ आज पनि । सप्तकोसीको सहायक नदी तमोरको किनारमा अवस्थित ओलाङ्चुङगोला तपाईंको स्वागतमा यथास्थितिमा रहेको छ । तल तमोर र माथि टोपी खस्ने भीरको बीचोबीच हात र खुट्टाको सहारामा अनेकन भीरपाखासँग पौँठेजोरी खेल्दै पुग्ने/नपुग्ने अनिश्चिताको बीचमा सुरु हुने यात्रा आज समय र परििस्थतिसँगै सहज हुँदै आएको छ । द हिमालयन ट्रस्ट यूकेको आर्थिक सहयोग र रीड नेपालको जनशक्ति व्यवस्थापनद्वारा ताप्लेजुङ जिल्लाको उत्तरी भागमा रहेको लेलेप गाविसमा सरकारी विद्यालयका शिक्षकका लागि सञ्चालित दसदिने तालिममा प्रशिक्षकको हैसियतले काम सम्पन्न गरेपश्चात् तालिमको प्रभाव प्रत्यक्ष अवलोकन गर्न सहकर्मी सुरेश आलेका साथ राजनीतिको खेती नगर्ने भए पनि पुग्नु पर्‍यो, ओलाङ्चुङगोला । त्यसो त गोला पुग्ने मार्गमा रहेको लेलेप पुग्नसमेत ताप्लेजुङको सदरमुकाम फुङ्लिङदेखि झन्डै १३ कोसको दूरी पार गर्नुपर्ने हुन्छ । रमणीय फुङ्लिङबाट कुनै बेला एसियाकै ठूलो हाङ्देवाको पहिरो (जुन अचेल वृक्षरोपणले ढाकिँदै आएको छ) छिचोल्दै ओरालो र्झन लाग्दा अनायास आँखा पुग्छ, सजाएर राखेको आलु, चना, अन्डा, चिउरामा । चिउरा पनि मानामा दिने । लाग्छ, असन टेकुको खासा नेवारी खाजाघर । प्रायः लिम्बू र केही संख्यामा बाहुन क्षेत्रीको बस्ती रहेको फुरुब्बु गाविस । तमोरको किनार । ठाउँ रहेछ मितलुङ । यहाँ पुगेपछि बढ्दै गरेको खुट्टाको गति एक्कासि कम हुँदै गयो र पुगियो लिम्बुनीको खाजाघरमा । सेवारो भन्दै साहुनीले पकाएको आलुचना खाँदै जाँदा वाक्कलामा चातुर्य, हँसिला र मिजासिला सहकर्मी मेघनाथ शर्माले लिम्बुनी साहुनीले सेवारो भन्दा हिचकिचाएको रहस्योद्घाटन गराइछाडे । लिम्बुनी साहुनी भनी सेवारो गरएिकी साहुनी त नेवार्नी पो रहिछन् । ती साहुनीलाई सेवारोको ठाउँमा जो जो लपा भन्दैै पंक्तिकार र सहकर्मी मित्रहरू रामेश्वर, दीपक, जगदीश लागे आफ्नो गन्तव्यतर्फ । कुनै समयको ठूलो व्यापारकि केन्द्र मितलुडबाट तमोरको छालसँगको यात्रा गर्दै सिंवासम्म पुगेपछि सबै पदयात्रीहरूलाई कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परष्िाद्को ठूलो गेटले तापेथोकको सीमा प्रारम्भमा नै न्यानो स्वागत गर्न पुग्छ । कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषदभित्र प्रवेश गर्दा वनजंगलहरूको संरक्षण सम्वर्द्धन गर्न सके नेपाललाई आज पनि 'हरयिो वन नेपालको धन'का रूपमा विकास गर्न सकिने र सुुन्दर राष्ट्रका रूपमा उच्च आर्थिक अवस्थामा पुर्‍याउन सकिने रहेछ भन्ने कल्पनाका साथ हाम्रो यात्रा छिरुवा हुँदै तोपथोपको मुख्य भागमा पुग्दा पुग्दै परविर्तनशील समयले कोल्टो फेरसिकेथ्यो । सूर्यमा लाली छाउँदै गयो भने चराहरूको चिरबिर आवाजले समेत आ-आफ्नो बासस्थान खोज्दै गरेको अनुमान भयो । यसैबीच हाम्रो यात्राको बिसौनी हुनपुग्यो, तमोरको सुसेलीसँगै आगन्तुकलाई स्वागत गर्ने एक मात्र विश्रामस्थल, तापेथोकको खाजा र विश्राम घर ।

तापेथोकदेखि कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद (केसीएएमसी)को केन्द्रीय कार्यालय रहेको लेलेपको दूरी पार गर्न झन्डै डेढ घन्टा लाग्ने भए पनि अघिल्लो दिनको थकाइले बिहान ७ बजे सुरु गरेको यात्रा लेलेपमा पुग्दा झन्डै १० बज्योे । चिट्ठीको ठाउँ एसएमएस, फ्याक्स, इमेल र फोनजस्ता अत्याधुनिक प्रविधिहरूले ओगटे पनि लेलेपमा भने इलाका हुलाक कार्यालयको अस्ितत्व कायमै रहेछ । प्रायः भोटे बस्ती रहेको लेलेपको केन्द्रको सरस्वती च्यारीबुक माविमा पढ्न आउने विद्यार्थीहरूमा भने लिम्बूभाषीहरूको बाहुल्य पाइन्छ । लेलेप केन्द्रमा भोटे बसोवास भए पनि वरपरका हेल्लोक, मादेबुङ, बिपुधाप, लुङथुङ, इलाडाँडाजस्ता ठाउँहरूमा लिम्बूहरूकै बाहुल्य रहेछ । कुनै समय लेलेप, तापेथोक, इखाबु, ओलाङ्चुङगोलाको केन्द्रविन्दु सरस्वती माविको अवस्था दिनानुदिन खस्कँदै गएको तर्फ स्थानीय प्रतिनिधि, समुदाय, शिक्षक, व्यवस्थापक र सम्बन्धित निकायको ध्यान नपुग्नु चिन्ताको विषय बनेको थाहा पाउँदा मन कटक्क खायो ।

तमोरको सुसेलीमा सार मिलाउँदै जाँदा पंक्तिकारलाई पनि आफू कुनै गायक भएको अनुभूति भयो । लेलेपबाट झिसमिसेमा गुनगुनाउँदै सुरु गरेको यात्रा लुङथुङ हुँदै लेलेपको अन्तिम बस्ती इलाडाँडामा पुग्दा घडीका घन्टा र मिनट जनाउने सुईहरू एकअर्कामाथि खप्टिएका थिए । यसले मलाई याद आयो, स्कुल जीवनमा भाग लिएको हाजिरीजवाफ प्रतियोगिताको । मिनटको सुई घन्टाको ठीक माथि छ उति बज्नमा उत्तिकै मिनट कम छ भने घडीमा कति बजेको हुनुपर्छ भन्ने अन्तरविद्यालय हाजिरीजवाफको प्रश्नमा घडीको सुई घुमाउँदै समय बितेको पत्तै नपाइएकामा इलाडाँडामा सहयात्री सुरेशको कति बज्यो भन्ने प्रश्नमा तुरुन्तै जवाफ दिइहालेँ १० बज्नमा १० मिनट बाँकी छ । यसरी १० बज्न १० मिनट बाँकी भएको समयमा यात्राले पेटपूजा हेतु विश्राम लिनुपर्ने भयो । बुझ्दै जाँदा थाहा भयो, लेलेपबाट ओलाङ्चुङगोला जाँदा इलाडाँडा नै अन्तिम मानवबस्ती रहेछ । तमोरको सुसेलीसँगै हिँड्न अभ्यस्त यात्रीहरू तमोरमाथिको पुल तरेपश्चात् भने तमोरको छाल र चराचुरुंगीको कर्णप्रियताले अर्कै दुनियाँमा पुर्‍याउथ्यो । केसीएएमसीभित्रको यो क्षेत्र वनस्पति र प्राणीको अध्ययन गर्न उपयुक्त भएकाले नै वनविज्ञान पढ्दै गरेका विद्यार्थी र अनुसन्धान गर्ने विज्ञहरूको यस क्षेत्रमा बाक्लै भ्रमण हुने गर्छ ।

करबि १ घन्टाको उकालो लागेपश्चात् हामीसँग तमोरको साथ छुटेको अनुभव हुन्छ । यही र यस्तै सोचाइमा उकालो काटेको पत्तै भएन । दिनपछि रात, रातपछि दिन भनेझँै उकालोपश्चात् ओरालो र्झदै जाँदा फेरि तमोरको सुसेली गुञ्जिन्छ । तमोरको छालैछाल हरिण चित्तल, बाँदरजस्ता जनावरहरूको उपस्थितिले यात्रालाई भने रोमाञ्चकारी बनाइदिएको हुन्छ । बायाँ छालपट्टकिो यात्रा पुल हुँदै दायाँतर्फ र पुनः बायाँतर्फ लाग्न बनाएको झोलुंगे पुल र सोही पुलको ५० मिटर माथि बनाएको काठेपुल वा साँघु देख्दा कुन बाटो प्रयोग गर्ने भन्नेमा केही द्विविधा हुन गयो । तर पनि साँघुभन्दा पुलमै उत्तम होला भनी पंक्तिकारको खुट्टाले पुलको छेवैमा टेक्न पुग्दा केही पछाडि रहेका सहयात्री सुरेशले ठूलो आवाजमा भनिहाले राजेन्द्र सर त्यताबाट नजानोस् । अनायासै खुट्टा जहाँको त्यही अड्कियो र प्रतिप्रश्न सोधिहाले किन नि ? गाउँलेहरूको भनाइमा पुल बनेको केही वर्षपछि नै तमोर तर्न उक्त पुलको साटो गाउँलेले साँघु निर्माण गरेका रहेछन् । हाल पनि उक्त झोलुंगे पुलका साटो गाउँले प्रविधिमा बनाइएको साँघु नै प्रयोग हुँदै आएको रहेछ । म आश्चर्यमा परेँ, प्रविधियुक्त पुलको साटो साँघुको प्रयोग । नौलो लाग्यो पुल वर्षौंदेखि प्रयोगमा नआएकाले पुलभरि लेउ र अन्य घाँसपात उम्रिएको छ भने फलाममा खिया लागेको सहजै देखिन्छ । गाउँलेहरूको भनाइमा पुल तर्दा अपसगुन भएको भनिए पनि के भयो स्पष्ट जवाफ र प्रमाण बिनापुलको अवस्थाभन्दा पनि सहयात्री मित्र सुरेशको आग्रह र भनाइले पंक्तिकार स्वयंले समेत पुलको साटो साँघुको प्रयोग गर्दै तमोरमाथि वारिपारकिो यात्रालाई विश्राम दिन पुग्यो । लेलेपबाट तमोरमाथि बनेका तीनवटा पुल पार गरेपछि घडीको सुईले ५ बजाइसकेको थियो ।

ओलाङ्चुङगोला पुग्नुअगावै तमोर नदीलाई साँघु हुँदै पार गरेपश्चात् भने केही उकालो लाग्नुपर्ने हुँदा अत्यधिक थकान र भोकले लखतरान हुन पुगियो । तर पनि प्राकृतिक सौदर्यसँगको यात्राको अन्तिम विन्दु ओलाङ्चुङगोला नपुगी धर थिएन । इलाडाँडादेखि गोलाको बीचमा न कुनै मानवबस्ती, न कुनै पसल, न कुनै घर । त्यसैले पुग्नैपर्ने भयो गोला । वास र निर्धारति कामका लागि त यात्रालाई निरन्तरता दिँदै उकालो लम्कँदै गर्दा देउराली भन्ने ठाउँबाट देखिन पुग्छ ठूलो पर्खालसहितको ओलाङ्चुङगोलाको गुम्बा । गुम्बामुन्तिरको समथर भागमा नै ओलाङ्चुङगोला अवस्थित रहेछ । यसरी बेलुकी साढे ७ बजेतिर पुगियो ताप्लेजुङको उत्तरमा रहेको सबैभन्दा अन्तिम बस्ती ओलाङ्चुङगोला ।

पूर्वतर्फ ठूलो भीर, पश्चिमतर्फ कलकल बग्दै गरेको तमोर, दक्षिणतर्फ केही सम्म परेको भूभाग र उत्तरतर्फ तिब्बततर्फ जाने बाटो भएको सम्म भूभागले नै ओलाङ्चुङगोलाको भौगोलिक अवस्था दर्शाउँछ । ३ हजार २ सय ३९ मिटरको उचाइमा रहेको ओलाङ् चुङगोलाको समतल भूभागमा जम्माजम्मी ६५ वटा घर भए पनि हाल ५४ घरधुरीको बसोवास रहेको पाइन्छ । ५४ मध्ये २ परविार नेवारी भए पनि शेर्पा बस्तीमा नेवारी परविारको भाषा, भेषभूषा, खाना, संस्कृति फ्युजनपूर्ण रूपले शेर्पाहरूसँग समिश्रण भएको सहजै अनुभव गर्न सकिन्छ । जम्माजम्मी ५४ घरधुरीलाई नै विभाजन गरी बनाइएको ८ नं वडा ओलाङ्चुङगोला गाविसको पहिलो विशेषता हो भने ९ नं वडामा रहेको याङ्मा पुग्न गोलाबाट झन्डै एकदिनको यात्रा पार गर्नुपर्ने हुन्छ । ४ हजार २ सय मिटरको उचाइमा रहेको याङमा नै ताप्लेजुङ जिल्लाभरि सबैभन्दा उचाइमा रहेको मानवबस्ती र वार्ड पनि हो । सदरमुकाम फुङ्लिङबाट २६ कोस (६४ किमि)को दूरीमा अवस्थित ओलाङ्चुङगोलामा सुरुमा करबि तीन सयको संख्यामा तिब्बती मूलका भोटे (बलुङ) जातिको बस्ती रहेको प्रमाण पाइन्छ । ५ हजार ९५ मिटर उचाइमा रहेको नेपाल-चीनको सीमा, तिपताला भञ्ज्याङ हुँदै भोटेहरू यहाँ बस्न आएपछि तत्कालीन समयमा नै निर्माण गरेको दिकीछयोलिङ गुम्बा यहाँको प्रमुख धार्मिक र आस्थाको स्थल हो । योसा (छ्योसार) दोर्जे नामका लामाले निर्माण गरेको उक्त गुम्बा नेपालमा रहेका गुम्बाहरूमध्ये दोस्रो पुरानो गुम्बा मानिन्छ । बाहिरी आवरण सामान्य भए पनि भित्र कलात्मक र आकर्षक देखिने गुम्बामा स्थापनाकालदेखि निरन्तर बल्दै आएको अखण्ड दीप आजपर्यन्त विद्यमान छ । जसलाई स्वर्णयुगीन बत्ती 'ग्यु स्यु' भन्ने गरिन्छ । गुम्बाभित्र रहेको सेतो च्याउ र त्यसमा लेखिएको 'ओम माने पद्मे हुँ' गुम्बाको अर्को आकर्षण हो ।

चार सय वर्ष पुरानो दिकिछ्योलिङ गुम्बाबाहेक गुम्बाकै मुन्तिर ०१६ सालमा स्थापना भएको महेन्द्र प्राथमिक विद्यालय बस्तीका बालबालिकाको अध्ययनको एक मात्र केन्द्र हो । यसका अलावा कोही बिरामी परे वा औषधी चाहिए मात्र खुल्ने परम्परा भएको एउटा उपस्वास्थ्य चौकी, छोटी भन्सार कार्यालयको बोर्ड झुन्ड्याएको भन्सार कार्यालय साथै नेपाल-चीन सीमा वा तिपताला भञ्ज्याङमा बस्ने सीमा प्रहरी चौकीले समेत यस ठाउँलाई परििचत गराउँछन् । सीमामा बस्नुपर्ने प्रहरी जवानहरू सीमाभन्दा १ दिनको पैदल यात्रावरै बस्ने गर्नु वा बस्न बाध्य हुनुले नेपालको सीमा सुरक्षाको दुर्गतिलाई सजिलै बुझ्न सकिन्छ । प्रायः भुइँतले घरहरूको बाहुल्य रहे पनि दुई तलेमा पहिलो तला ढुंगाले बनेको र दोस्रो तल्लामा काठको प्रयोग गरेको पाइन्छ । काठले बनेका भित्ता र काठकै छानो हुनु यहाँको विशेषता हो । बाहिरबाट सामान्य लाग्ने घरहरूलाई पनि भित्रीे सजावटले विशिष्ट र आकर्षक बनाएका छन् ।

यहाँका बासिन्दाको आवतजावत र व्यापारकि केन्द्र तिब्बत नै हो । लेलेप क्षेत्रको चिरैतो र अन्य जडीबुटी तिपताला हुँुदै तिब्बततर्फ निकासी गरिन्छ । यसका अलावा यहाँको प्रमुख पेसा गलैँचा हो । गलँैचा र छुर्पीका लागि प्रख्यात मानिने ओलाङ्चुङगोलाले थुप्रै पर्यटकको सम्भावनालाई समेटेको छ । तर, सरकारको दृष्टिबाट सधैँ ओझेल परेकाले यो ठाउँको विकास हुन नसकेको स्थानीय बासिन्दाको ठहर छ ।

शेर्पा समुदायको विशिष्ट पहिचान, अतिथिप्रतिको हार्दिकता, उत्कृष्ट भेषभूषा र संस्कृतिको न्यानोपन धेरै वर्षअघिदेखि कल्पना गरेर पनि पुग्न नपाएको ओलाङ्चुङगोला यस पंक्तिकारका स्मृतिमा भने नमेटिने छाप हुन पुग्यो । यस्तो सुरम्य र प्राकृतिक छटायुक्त यो पहाडी सानो सहर मेरालागि साँच्ची नै स्वर्ग लाग्यो । युगकवि सिद्धिचरणका पाइला यहाँ परेका भए उनको कलमले फेरि लेख्थ्यो होला, 'मेरो प्यारो ओलाङ्चुङगोला' । उनले नलेखे पनि मेरो मनमा बसेको छापले यसलाई मेरो प्यारो ओलाङ्चुङगोला नै मानेको छ ।

नेपाल साप्ताहिक ४०६

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 0
Tweet

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
(सूरक्षा परिक्षण) तलका अक्षरहरू टाइप गर्नुहोस् ।
Image CAPTCHA
Enter the characters shown in the image.

महिनाको मझेरी छनौट

  • लक्ष्मीप्रसाद देवकोटा
  • नन्दलाल आचार्य
  • रुमन न्यौपाने
  • रामकृष्ण पौडेल अनयाँस
  • राजेश रुम्बा लामा

सामाजिक सञ्जालमा

Follow @Majheri

नयाँ प्रतिकृयाहरू

  • Saran ji hajur lai badhai
    26 min 53 sec ago
  • उक्त कविता महोत्सवको पुरस्कार
    19 hours 53 min ago
  • hlw
    22 hours 34 min ago
  • Very Nice
    3 days 11 hours ago
  • मायाको अतयन्तै गहिराइ बुझने मौका पाएँ
    5 days 17 hours ago
  • All the best..
    1 week 7 hours ago
  • गलत होइन
    1 week 8 hours ago
  • very ice creation.. keep it
    1 week 9 hours ago
  • Good
    1 week 9 hours ago
  • .Thanks
    1 week 16 hours ago

उपयोगी पृष्ठहरू

  • समकालीन नेपाली शब्दकोश
  • प्रीति-युनिकोड रुपान्तरण
  • नेपाली टाइपिङ् (एक्स् नेपाली)
  • नेपाल साप्ताहिक
  • मधुपर्क/मुना

लोकप्रिय रचनाहरू

Today's:

  • "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
  • तिम्रो आगमन
  • मृगतृष्णा
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • चोट देऊ यो मुटुमा (गजल)
  • एक बिधवा महिलाको यौनकथा
  • शहिद
  • लभ इज डेड !
  • मुक्तकहरु
  • दोष के छ भन प्रिय
  • आयु रातको
  • तीन रुवाई
  • आखिर के नै गर्न सक्छौ ?
  • मझेरी भलाकुसारी, अंक १० (बिना तामाङ)
  • नआऊ भो धर्केको मनको बाटोमा
  • आमा
  • पर्वका परिकार (माघे संक्रान्ति)
  • बाँचेको छु, मर्नु नपरोस् (मुक्तक)
  • मेरी उनी
  • हाम्रो बारेमा

Last viewed:

  • नेपाली भाषाको गुरुत्वाकर्षण (नवराज सुब्बा)
  • नयाँ नेपाल बनाऊ
  • अनेक आयाम छन् किराँत चाडका
  • लयको खोजीमा
  • गजल
  • पुरुष
  • शुभकामना
  • "नीलम तिमी"
  • अन्धा र हात्ती
  • केही टुक्राहरू
  • मनपर्यो अमेरिका ?
  • निशब्द पोखिएको प्रेम
  • ... आयौ भन केका लागि
  • दुःखी चेली
  • आखिर तिमीले फाल्नु थियो
  • गजल
  • मेरो पाखा बारी
  • "तीजको गीत"
  • यसपालीको दशैं टिको लाउन पाइन
  • जसै बङ्गको रंग छाडेर आयें
  • छनौटका रचनाहरू
  • मझेरी भलाकुसारी
  • मझेरी ट्विट
  • फेसबुकमा मझेरी
  • रचना प्रकाशन गर्दा
  • हाम्रो बारेमा
  • प्रतिकृया

© २००८-२०११ सर्वाधिकार मझेरी डट कममा सुरक्षित