Skip to content



च्यातेर भ्रमको पर्दा
उभिँदा
ऐना अगाडि
थुक्यो भने ऐनाभित्रको मान्छेले
के हिँड्नु
दोसल्ला ओढेर….।।

बुढेनीलाई भाकेको
रातो भाले
स्यालले लगेपछि
बार्दलीबाट
बेस्कन भुक्यो-
मेरो भोटे कुकुर ।।

चोक-चोक
गल्ली-गल्लीमा
टाँगिएका
सिनेमाको कुनै
कामुक पोस्टर हेरेर
सपनामा सर्प नचाउँछ-
बालब्रहृमचारी ।।

तिमीले मेरो बौद्धिकता
मैले लगाएको
पुरानो कमिजमा खोज्यौ
धन्य ! तिम्रो बौद्धिकता ।।

तिम्रो-
मानसम्मान, पुरस्कार, स्याबासी…
केही चाहिन्न
तिमीले नचिनेर के भो र !
मलाई
मेरो ईश्वरले चिने पुग्छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *