Skip to content

मेरा अर्थहीन आँशु


कति आँशु उनें मैले
गीतको लहरामा,
कति आँशु पोखें त्यसै
गालाको पहरामा !

रसाइरह्यो आँशु मेरो
दुख्दा छाती मुटु,
कति आँशु पिएँ मैले
चुप छाप घुटु-घुटु !!

कति आँशु पोखे मैले
कविताको रुपमा,
कति आँशु त्यसै सुक्यो
मरुभूमिको धुपमा !

कति आँशु बग्यो त्यसै
छटपटिंदा रातमा,
कति आँशु सुक्यो त्यसै
पुछ्दा आफ्नै हातमा …………..
कति आँशु सुक्यो त्यसै
पुछ्दा आफ्नै हातमा …………..

राजेश रुम्बा लामा “अतृप्त”

Leave a Reply

Your email address will not be published. Required fields are marked *