Skip to content

यत्ति धेरै माया किन

  • by


यत्ति धेरै माया किन गुणलाई पो हो कि
मलाईभन्दा बढी माया घूनलाई पो हो कि ।

म त ध्वाँसे कालो हाँडी कुनातिरै बस्छु
यत्ति सेतो चहक रङ्ग चूनलाई पो हो कि।

म त बामपुड्के फर्सी खाल्डाभित्रै पस्छु
तिम्रो बृद्धि माथि आकाश छुनलाई पो हो कि।

म त कालो औँसी रात अँध्यारोमै बस्छु
यति राम्रो ज्योत्स्ना पनि जूनलाई पो हो कि।

ओठबाट मेरो हाँसो अन्तै गयो अचेल
तिमी यति धेरै हाँस्नु रुनलाई पो हो कि।

Leave a Reply

Your email address will not be published. Required fields are marked *