Skip to content


किसान मल नपाएर आन्दोलित छ ।
फोहोर ढल नपाएर आन्दोलित छ ।।
विद्रोहको स्वरहरु सुनिदैछ क्षितिजतिर
जनता हल नपाएर आन्दोलित छ ।।

देश निकास नपाएर आन्दोलित छ ।
जनता बिकास नपाएर आन्दोलित छ ।।
कर्णालीको भुखमरीले केन्द्रलाई छुदैन
शहर प्रकाश नपाएर आन्दोलित छ ।।

इतिहास प्रचारित भएर आन्दोलित छ ।
वर्तमान श्रापित भएर आन्दोलित छ ।।
झुपडीमा मात्रै दु:ख बस्दा र’छ क्यारे
सबिधान विस्थापित भएर आन्दोलित छ ।।

सहकार्य अग्रदुत नपाएर आन्दोलित छ ।
अमन शान्तीदुत नपाएर आन्दोलित छ ।।
झाडावान्तामा पनि ओखती नपाएरै मरिन्छ ?
परिवर्तन सपुत नपाएर आन्दोलित छ ।।

सिमा बार नपाएर आन्दोलित छ ।
महङ्गी पार नपाएर आन्दोलित छ ।।
जे पनि हुदो रै’छ सत्ताको लागि
देश सरकार नपाएर आन्दोलित छ ।।

बसन्त कुमार श्रेष्ठ’क्षितिज’

Leave a Reply

Your email address will not be published. Required fields are marked *