Skip to content

यो देश मेरो देश

  • by


यो देश मेरो देश
म राख्छु शिरमा यसको गरिमा
यही हो मेरो आस्था आशेष !

म स्वप्न बुन्छु यही देशसँग
म भर्छु तनमा यसकै उमङ्ग
यही देश हो मेरो आधार बाँच्ने
हर सासमा छ यसकै सुगन्ध !

म शीप दिन्छु इमान भाकी
म कर्म दिन्छु माटो समाती
खाँचो परेमा ज्यू-ज्यान समेतै
म दिन्छु आफ्नो केही नराखी !

Leave a Reply

Your email address will not be published. Required fields are marked *