तीजको रहर बरिलै गाउँ शहर
बाँडीचुडी दरखाने चल्यो लहर
मै चेली एक्लै छु पराइ देशमा
ए बतास, उडाई लैजा मलाई सरर
मनभरि व्यथा मेरा आँखाभरि आँशु
इवाते, किताकामीसँग* कसरी म हाँसु
देश सम्झी दुखने मुटु पोल्छ भतभती
डढेका श्वासहरू फेरी कसरी म बाँचु
तीजको रहर बरिलै गाउँ शहर
मलाई पनि दर खाने लाग्यो रहर
आफन्त सबै उतै कोही छैन साथमा
मरेको मनले सँधै तर्साउँछ रातमा
कसैका आत्मा अझैं बचाउँछु कि ठानी
भत्केका विश्वासलाई उकेर्दैछु हातमा
तीजको रहर बरिलै गाउँ शहर
ए बतास उडाई लैजा मलाई सरर
*इवाते, किताकामी : जापानी शहर
नीहारिका लक्ष्मी शाही
neeharikaa3@gmail.com

Very heart touching.
Very heart touching.
Thanx Bhairab Ji for nice
Thanx Bhairab Ji for nice comment.
missing Teez alng with Nation very much.