मझेरी आकर्षण
लग-इन (भित्र)
बिधा सूची
तामाङ डाजाङ चिनारी
kbs — Fri, 01/14/2011 - 21:20
१. परिचय ः
"तामाङ डाजाङ", २०५९ सालमा स्थापित साहित्यिक संस्था हो । हालसम्म यसले तामाङ भाषाको संरक्षण तथा साहित्यको विकासका लागि निरन्तर रुपमा विविध साहित्यिक गतिविधिहरू सञ्चालन गर्दै आइरहेको छ । डाजाङले प्रारम्भ देखिनै मासिक रुपमा निरन्तर साहित्यिक गोष्ठी (ग्योइकाइ गेताङ) को आयोजना र मासिक पत्रिका "तामाङ डाजाङ"को प्रकाशन गर्दै आइरहेको छ । एकल तथा विभिन्न तामाङ संघ संस्थाहरूसंगको सहकार्यमा तामाङ साहित्यिक पुस्तकहरूको प्रकाशन, तामाङ भाषा मानक सम्बन्धि राष्ट्रिय स्तरको छलफल तथा बहस, तामाङ सस्ंकृति, परम्परा तथा संस्कारहरूबारे छलफल र बहस गर्नुका साथै उच्चशिक्षामा तामाङ भाषा पठनपाठनका निम्ति राज्यलाई दबाव दिने कार्यहरूपनि गरेका छन । त्यसैगरि २०६१ देखि साप्ताहिक रुपमा रेडियो रेडियो सगरमाथाबाट तामाङ भाषामै सुचना संप्रेसन, जनचेतना अभिबृद्धि तथा तामाङ समुदायमाझ शिक्षामा जागरण गराउने उद्देश्यले तामाङ भाषाको कार्यक्रम "तामाङ काई" प्रसारण भैरहेको छ ।
डाजाङ आफ्नो यात्रालाई विशुद्ध साहित्यिक मात्र नभई सदियौंदेखि राज्यबाट हुदै आएको शोषण, दमन र उत्पीडन विरुद्धको आन्दोलनसँग पनि एकाकार गर्दै अगाडि बढ्यो । यो क्रममा भाषिक आन्दोलन, नेपालमा जारिरहेको जातिय पहिचानको आन्दोलन, निरंकुश शाहीशासनको विरुद्ध चलेको जनआन्दोलन —२०६३ मा डाजाङको पनि उपस्थिति रह्यो । र ऐतिहासिक संविधानसभा निर्वचनमा समेत आम तामाङमाँझ तामाङ जातिका उम्मेदवारहरूको विजयका लागि सक्दो प्रयास भयो ।
२. नियमित ः
क) ग्योइकाइ गेताङ ः (साहित्यिक गोष्ठी) ः प्रत्येक महिनाको अन्तिम शनिबार दिउँसो १ बजे मानविकी क्याम्पस प्रर्दशनी मार्ग काठमाडौं ।
ख) प्रकाशन ः साहित्यिक पत्रिका "तामाङ डाजाङ" मासिक । हालसम्म काठमाडांै, ललितपुर, भक्तपुर, नुवाकोट, रसुवा, धादिङ, मकवानपुर, सिन्धुली, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, काभ्रे, सोलुखुम्बु, चितवन, रौतहट, बारा, कास्की, इलाम, भोजपुर, झापा, र्सलाही, लमजुङ लगायत भारतको दार्जिलिङ, मिरिक र कालिङपोङमा लोकप्रिय ।
ग) प्रशारण ः
"तामाङ डाजाङ" र रेडियो सगरमाथा एफ. एम.को संयुक्त प्रस्तुति रेडियो कार्यक्रम तामाङ काइ (तामाङ आवाज) हरेक मंगलवार २०६१ ।
३. कवि गोष्ठी ः
-प्रतियोगितात्मक प्रथम तामाङ राष्ट्रिय कवि गोष्ठी — असार २०६० काठमाडौं ।
-ज्या ल्हेछारको अवसरमा द्धितिय तामाङ राष्ट्रिय कवि गोष्ठी — फागुन २०६१ काठमाडौं ।
-प्रतियोगितात्मक तेस्रो तामाङ राष्ट्रिय कवि गोष्ठी — बैशाख २०६४ काठमाडौं ।
-प्रतियोगितात्मक चौथोे तामाङ राष्ट्रिय कवि गोष्ठी — बैशाख २०६५ काठमाडौं ।
-प्रतियोगितात्मक प्रथम तामाङ कथा सम्मेलन —बैशाख २०६७ ।
४. प्रतिभा सम्मान तथा प्रतिभा प्रकाशन ः
क) तामाङ लोकसम्राट चन्द्र कुमार मोक्तान ः प्रतिभा —१ खण्ड, १ (२०५९ जेठ)
ख) तामाङ जन गायक मानबहादुर दोङ ः प्रतिभा —१ खण्ड, २ (२०५९ असार)
ग) तामाङ संचारकर्मी प्रतिक तामाङ ः प्रतिभा —१ खण्ड, ३ (२०५९ भदौ)
घ) थांका कलाकार निमा घ्याम्छो बल ः प्रतिभा —१ खण्ड, ४ (२०५९ मंसिर)
५. पुस्तक प्रकाशन ः
क) डाजाङको एकल प्रयासमा
१) स्युक्पा (कविता संग्रह) —२०५९ माघ
२) जामेला ल्हुइ (कविता संग्रह) —२०५९ माघ
३) छार स्ह्यो (कविता संग्रह) —२०५९ माघ
४) संगालो (तामाङ गीति एल्वम परिचयात्मक पुस्तक —२०६० माघ)
५) ह्याङसे म्हाइबा ग्याम (प्रतियोगिता कविता संग्रह —२०६२ साउन)
६) तेमाल दरवार र तामाङ राजाहरू (तामाङ इतिहास—२०६० असार)
७) दुइला ताम (प्रतियोगिता कविता संग्रह —२०६४ बैशाख)
ख) सेङजाङसंग संयुक्त
१) अशान्तिला म्युगु (कविता संग्रह —२०६१ असार)
२) ह्युलरी खराङबा मुला ?(कविता संग्रह —२०६१ असार)
३) लाये आरे म्हाङये आरे (कविता संग्रह —२०६१ असार)
४) सगुन (कविता संग्रह —२०६१ असार)
५) आस्याङ तिमी आफै सोच (कविता संग्रह —२०६१ असार)
६) ङ्याउ ङ्याउ सुरी (बाल कविता संग्रह —२०६१ असार)
७) छोन्बो नाम्सा (गजल संग्रह —२०६१ असार)
८) बुद्ध महिमा (काव्य —२०६१ असार)
६. प्रशिक्षण ः
-तामाङ भाषा तथा साहित्यको वर्तमान अवस्था –अमृत ह्योन्जन २०६१ मंसिर
-छन्द लेखनबारे —राजभाइ जकमी २०६२ माघ
-वर्तमान अवस्थामा जनजाति साहित्य —खुशीराम पाख्रिन र श्रवण मुकारुङ २०६३ पुष
-तामाङ साहित्य कथा लेखन —नवराज रिजाल २०६४ कात्र्तिक
-वर्तमान अवस्थामा जनजाति साहित्य —भोगिराज चाम्लीङ २०६४ मंसिर
-बौद्ध धर्म र तामाङ साहित्य —बुद्ध मोक्तान २०६४ पुष ।
-साहित्य र जीवन दर्शन — लामा टी ग्याल्छान २०६५ जेठ ।
-संघिय प्रणाली र स्वशासन —के. बी. गुरुङ २०६५ असार ।
-द्धान्दत्मक भौतिकवाद —परि थापा २०६५ साउन ।
-धर्म र तामाङ साहित्य —गेशे ङिमा तामाङ २०६५ चैत्र ।
-ताम्सालिङ र संघीयराज्य —कुमार ह्योन्जन २०६६ श्रावण ।
-साहित्य र संगीत —कर्म ह्योन्जन २०६६ माघ ।
७. विशेष कार्यक्रम ः
क.. तामाङ प्रकाशनको स्वर्णमहोत्सव—२०६२ माघ २१ र २२ नेप्रप्रमा पुस्तक तथा क्यासेट प्रर्दशन ।
ख.. तामाङ भाषा लेखनमा मानकीकरण विषयक बिचार गोष्ठी — २०६३ भादौ ।
ग.. तामाङ भाषा लेखनमा मानकीकरण विषयक बिचार गोष्ठी —२०६६ पुष ।
घ.. चन्द्र कुमार दोङको एकल गायन आयोजना २०५९ चैत्र ।
ङ. . बधाइ राजदुत डा. गणेश ह्योन्जन —२०६४ कात्र्तिक ।
च.. अग्निको कथा नाटक मञ्चन २०६४— साउन ।
छ.. तामाङ भाषा लेखन पद्धति विषयक गोष्ठी —२०६६ पुष ।
ज.. तामाङ साहित्यिक यात्रा २०६७ ( भारदेउ, ललितपुर ) — २०६७ जेठ ७ र ८ गते ।
सम्पर्क:
तामाङ डाजाङ
पो.ब.नं. ६३०७ काठमाडौं

| Attachment | Size |
|---|---|
| 20110114_SakulaTamang.jpg | 50.12 KB |
!>
महिनाको मझेरी छनौट
सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- dherai ramro gajal chha
22 hours 38 min ago - Nice
2 days 3 hours ago - a sound poem!
5 days 16 hours ago - अर्को एउटा वजनदार शब्द -
5 days 17 hours ago - यो ऐना रहेछ, यहि मृत समाजका
5 days 17 hours ago - साहित्यिक यात्रामा फूल र काँडाहरू
5 days 18 hours ago - ramro
5 days 18 hours ago - Nice !
5 days 22 hours ago - तीता पलका बारेमा
6 days 21 hours ago - तपाईको गजल राम्रो लाग्यो
6 days 21 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- पाणिनि र पणेना
- लाजको लाली
- "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
- मलाई माफ गरिदेऊ
- इन्फोसिसमा प्रचण्डका पाइला
- हजार सपनाहरूको माया लागेर आउँछ
- म एक पात्र हुँ
- बिहान
- पिउँदै नपिउने मान्छे
- जुनी काट्नु - एउटा बाजी
- सानै हुरीमा वैशको सपना
- जेठको गर्मीमा एउटी स्त्री
- गरुँ कि मिठो भूल
- हङकङ पोखरा
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- हाम्रो बारेमा
- सडकबासी
- सम्बन्धका दूरी
- शनिबारको दिन बिहानी पख
- नातिनीसँगको संवाद ?
Last viewed:
- म एक पात्र हुँ
- बर्षा र आँशु
- मलाई किन छ प्रतिक्षा तिम्रो
- नयाँ नेपाल
- अम्रिसो र चियाका बुटामा लुकामारी खेल्दै इलाम र पाँचथरतिर
- प्रजातान्त्रिक आन्दोलनको सन्दर्भ र वि.सं. २००७
- खुकुरीमा खिया लाग्या छैन
- प्रेम, यौन र जीवन
- तिमी छौ, त्यसैले म छु
- राजनीति र राजनीतिज्ञ
- ट्राफिक जाम !
- के दिऊँ खै तिमीलाई
- जन्मगाउँ घुरुङसेरा
- सियो रोप्दा सानो होला
- चाहिएको छ
- सन्तानहरू
- गिज्याउँछ किन काँच
- जुन बन तिमी
- खसी चोरको बिजोग
- मस्र्याङ्दी नदी

Post new comment