नसोध म कुन यथार्थमा ढलेर पिउँदैछु,
आफ्नै आँखा आफैसँग छलेर पिउँदैछु,
छैन भन्छ्यौ माया, बिंर्सदै त्यो अतीत,
तर तिम्रो मायाको नशाले गलेर पिउँदैछु,
तड़पिदै छु पल-पल, तिम्रै मायामा हर पल,
जलायौ तिमीले मलाई! हो म जलेर पिउँदैछु,
मायाको ज्योति जगाउन दियो बालेथें मैले,
घरै जलायो त्यसले, त्यसैमा बलेर पिउँदैछु ।
From
London, UK
