एकोहोरो धुन चढ्दै थियो
एक मित्रकानुसार चाहिँ
रिमालका
‘आमा
र
छोरा’ आएजस्तो लाग्यो
ती त हामी नै हौँ
हाम्रै बजेट हो
हाम्रै अहंकार हो
पुत्रीको हातको
मेहदी हो
हाम्रै विधान
र संविधान हो
के भन्न सक्नुहुन्छ ?
सब गलत भनेर
सब ठीक ठानेर
बरू
कागलाई बेल पाक्यो
हर्ष न विस्मत्
सबथोक बढ्यो
घट्ने नाम नै छैन
छैन
र
घटाउन खोज्नु व्यर्थ छ
बढाउन खोज्नु नै सार्थक छ !!!

के सार्थक के सार्थक
कुरा ठिक हो नन्दलालज्यू, नेपाल महँगी विश्वमै सबैभन्दा महँगा मुलुकको हाराहारीमा पुग्न लागिसक्यो । तलब बढाउनुभन्दा बरू महंगी नियन्त्रण गर्नु नि!