• भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/स्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

विधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनूदित कथा
  • विज्ञान कथा
  • हास्य कथा
  • सूत्रकथा
  • पत्रात्मक कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हास्यव्यङ्ग्य कविता
  • भक्ति कविता
  • अनूदित कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • अनूदित गीत
  • निबन्ध
  • हास्यव्यङ्ग्य
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • लघु निबन्ध
  • विचारात्मक निबन्ध
  • पत्रात्मक निबन्ध
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • अनुभूति/मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनीतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रविधि
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • कला/साहित्य समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • विविध भाषाका रचना
  • संस्कृत भाषा
  • मैथिली भाषा
  • भोजपुरी भाषा
  • नेवारी भाषा
  • तामाङ् भाषा
  • लिम्बू भाषा
  • बान्तावा भाषा
  • थारू भाषा
  • अवधी भाषा
  • कुलुङ भाषा
  • शेर्पा भाषा
  • धिमाल भाषा
  • राना भाषा

बलभद्र पुजनोत्सव र कलवार जाति

kbs — Sat, 09/24/2011 - 18:39

  • ऐतिहासिक समीक्षा
  • डा. रामदयाल राकेश
  • गोरखापत्र दैनिक (शनिबार)

महाभारत महाकाव्यमा भगवान् श्रीकृष्ण र बलभद्रको व्यापक र विशाल वर्णन अङ्कित गरिएको छ । महाभारतको कथावस्तु सबै विज्ञ पाठकलाई विदितै छ । यस महाकाव्यलाई पुज्य र पठनीय मानिन्छ । बलभद्र भगवान् श्रीकृष्णको दाजु हुनुहुन्थ्यो । बलभद्र कलवार जातिको इस्टदेवता हुनुहुन्छ । उहाँको जन्म भदौको कृष्ण पक्षको षष्ठि तिथिमा भएको थियो । यस दिनलाई इल षष्ठि पनि भनिन्छ । बलभद्रको शस्त्रको नाम हलो मानिन्छ । आर्यावर्त आरम्भदेखि नै कृषिप्रधान रहिआएको कुरो सर्वविदित छ । भारत र नेपाल यसै आर्यावर्तका प्रमुख पौराणिक देश हुन् । अतः यस जातिको बसोबास भारत र नेपालमा सघन रूपमा पाइन्छ ।

२०५८ सालको जनगणनाअनुसार नेपालमा कलवारको जनसङ्ख्या ० दशमलव ५१ प्रतिशत रहेको अनुसार यसको कुल जनसङ्ख्या एक लाख १५ हजार ६ सय ६ रहेको छ, तर यो मिथ्याङ्क हो किनभने यसमा कलवार थर लेखाउनलाई मात्र गणनामा लिइएको छ । यो जाति ७५ मध्ये ६५ जिल्लामा पाइन्छ । नेपालको पूर्वी तराई तथा मध्यतराईका जिल्लाहरू मोरङ, सुनसरी, सप्तरी, रौतहट, बारा, पर्सा, सर्लाही, महोत्तरी, धनुषामा कलवार जातिको सघन बस्ती छ भने अन्य जिल्लाहरूमा त्यति बाक्लो बस्ती भेटिँदैन । यस जातिका साक्षरताको स्थिति त्यति सन्तोषजनक छैन । ६५ दशमलव ४ प्रतिशत साक्षर रहेको यो जाति पहिचान गरिएको सय जातिमध्ये बाइसाँै स्थानमा पर्दछ । यो जाति अहिले पिछडा वर्गमा सूचीकृत भएको पाइन्छ, तर सुविधाबाट वञ्चित छ । सामाजिक रूपमा पिछडिएको जातिका रूपमा कलवार जाति पर्दछ । यिनीहरूको शैक्षिक तथा आर्थिक अवस्था सुदृढ छैन । यो जाति मुख्यतः व्यापार र कृषि व्यवसायमा मुख्य रूपमा संलग्न रहेको पाइन्छ ।

पुराकथा ः श्री बलभद्र र श्रीकृष्णकी एकमात्र बहिनी थिइन्- सुभद्रा । बलभद्र र श्रीकृष्णमा बराबर झैझगडा र ठट्टा हुने गर्दथ्यो । महाकवि सुरदासले पनि यतातिर सङ्केत गर्दै लेख्नुभएको छ, 'दाउ मुझे बहुत खिजायो ।' बलभद्रले सुभद्राको विवाह दुर्योधनसँग गराउन चाहनुहुन्थ्यो, तर कृष्णचाहिँ अर्जुनसित गराउन चाहनुहुन्थ्यो । बलभद्र धेरै बलशाली र क्रोधी हुनुहुन्थ्यो । उनकोसमक्ष श्रीकृष्णको पनि बोली बन्द हुन्थ्यो । तसर्थ, उनले एउटा युक्ति निकालिहाले । सुभद्रालाई सम्पूर्ण कुराको सारसङ्क्षेप बताइदिए । सुभद्रा पनि अर्जुनलाई भित्रीमनले मन पराउन थालिन् । एक दिन जब सुभद्रा पूजा गर्न जान लागेकी थिइन्, बाटोमा श्रीकृष्णको सल्लाहअनुसार अर्जुनले सुभद्राको अपहरण गरिहाले । यस घटनालाई लिएर बलभद्र धेरै रिसाए, किनभने उनको बानी नै रिसाउनु थियो । उनको रिसले सबै थर्कमान भए । तदुपरान्त श्रीकृष्णले बलभद्रलाई धेरै मान-सम्मान गरेर शान्त पारे । अन्तमा बलभद्रको आशिर्वादसहित सुभद्राको विवाह अर्जुनसित गराएर दुवैलाई वैवाहिक बन्धनमा बाँधिदिए । त्यस दिनदेखि कलवार जातिको मान्यता के छ भने बलभद्र अझ पनि रिसाइरहेका छन् । तसर्थ, कलवार जातिको कुनै पनि सदस्यको विवाहमा बलभद्र भगवान्लाई मनाउने परम्परा अझ पनि चल्दै आएको छ । विवाहपूर्व उनको आशिर्वाद र आशिष प्राप्त गर्नका लागि र उनलाई मनाउनका लागि सम्पूर्ण कलवार जाति सक्रिय एवम् सचेष्ट एवम् सजग रहँदै आएको छ । बलभद्रको पूजाआजा गरेर उनलाई खुसी तुल्याउने कलवार जातिको परम् धर्म हुन गएको छ ।

कलवार जाति हिन्दू वर्मा अवस्थाअनुसार वैश्य वर्गमा पर्दछ, जसको परम् पवित्र कर्तव्य हुन्छ समाजको सेवा गर्नु । यिनीहरू मुख्यतः व्यापारी हुन्छन् । मारवाडीपछि व्यापारमा कलवार जातिको स्थान दोस्रो मानिन्छ । कलवार व्याहुत होस् कि जायसवाल चन्द्रवंशी मानिन्छ । यस चन्द्रवंशमा ययाति, नहुष, विश्वामित्र, सहस्रार्जुन, अर्जुन, भीम, बलभद्र र श्रीकृष्णजस्ता महापुरुषको जन्मले गर्दा कलवार जाति गौरवान्वित र सम्मानित हुँदै आएको छ । बलभद्र कलवार जातिको पूर्वज र कलवार जाति उनको वंशजका रूपमा मानिन्छ । श्री बलभद्र श्रीकृष्णको अग्रज पनि हुनुहुन्छ । कलवार जाति आज पनि बडो धूमधामसँग बलभद्रको पूजाआजा गर्ने गर्दछन् । यस वर्ष उनको पूजाआजा आजैको दिन पर्दछ । यसबाहेक कलवार जातिको विशेष सुअवसरमा पनि यिनको अनुष्ठान गरिन्छ र उनको विशेष पूजा विधि-विधानअनुसार गरिन्छ । वैवाहिक कुनै पनि रिवाज बलभद्रको पूजाआजाविना सम्पन्न हुँदैन । कलवार जातिमा पनि व्याहुत वर्गमा बलभद्रको पूजा न गरीकन कुनै पनि वैवाहिक संस्कार सम्पन्न हुँदैन । बलभद्रलाई खुसी पार्नका लागि र यिनको आशिर्वाद र आशिषका लागि विवाहजस्तो संस्कारमा यिनको पूजाआजा गर्ने लामो परम्परा छ । यस्तो मानिन्छ कि बलभद्र अझ पनि रिसाउनुभएको छ । तसर्थ, उहाँलाई मनाउनका लागि धेरै भाकल गरिन्छ र उहाँलाई खुसी पारेर वरदानको वरद इच्छापूर्ति गर्ने गरिन्छ । घरपरिवारका सबै सदस्य उहाँलाई मनाउनका लागि सङ्कल्प गर्ने गर्दछन् र उहाँलाई मनाएपछि मात्र वैवाहिक संस्कार सम्पन्न गर्ने गरिन्छ ।

कलवार जातिको अनेक सहवर्गीय जात-जाति छन् । यिनीहरूबीचमा अब वैवाहिक सम्बन्ध पनि हुन थालेको छ । रगतको सम्बन्ध स्थापित हुन थालेकाले यिनीहरूमा सौहादर््रपूर्ण स्नेहीले र प्रेमिल सम्बन्धको सुवास छर्न थालिएको छ । पहिला-पहिला यिनीहरूमा यस्तो सुमधुर सम्बन्ध थिएन र यिनीहरू आफूलाई सामाजिक दृष्टिकोणले अलग-अलग मान्दथे, तर अबचाहिँ यो वर्गीय र वर्णीय सम्बन्धमा समन्वय आउन थालेकाले सामाजिक सम्बन्धको गाँठो बलियो हुन थालेको छ । वर्गीय र वर्णीय चेतनाको वर्चस्व देखिन थालिएको छ । यी विभिन्न वर्गीय एवम् वर्णीय जाति, उपजातिहरू निम्न किसिमका छन् । जसको समाजशास्त्रीय एवम् मानवशास्त्रीय अध्ययन, अनुसन्धान र अन्वेषण आवश्यक छ ।

जायसवाल ः यो कलवार जातिको सबैभन्दा सम्पन्न, समृद्ध र सुशिक्षित जाति हुन् । यिनीहरू सामाजिक र शैक्षिक दृष्टिकोणले पनि कलवार जातिमा परिगणनीय हुन् । केही समाजशास्त्रीहरूका अनुसार यिनीहरू जासो या 'जायस' ऐतिहासिक राज्य परिवारसँग सम्बन्धित मानिन्छन्, जायसवालहरूमा जसारु, जस्सार, जेसार, जसवार, जैसवार आदि उपजाति र उपनामहरू हुन् । केपी जायसवाल भारत वर्षका प्रसिद्ध इतिहासवेत्ताका रूपमा सम्मानित व्यक्ति हुनुहुन्थ्यो । उहाँले कतिपय मानक ग्रन्थ पनि लेखेर आफ्नो नाम कमाउनुभएको छ ।

बनौधिया ः यो पनि जायसवाल वर्गको उपजाति हुन् । वाणिज्य व्यापारको दृष्टिकोणले जैसा नगर छाडेर बनौधिया कस्वामा बस्ने गरेकाले यिनीहरूलाई बनौधिया भनिन्छ ।

खरिदाहा ः खरिदाहा वाणिज्य व्यापारको क्षेत्रमा खरिद बिक्रीको क्षेत्रमा कार्य गर्ने गर्नाले यिनीहरू खरिदाहा भएको समाजशास्त्रीय विवेचनामा भनिएको छ । यसको साथैसाथ यिनीहरूलाई गाजीपुरसित पार्न जोडेर हेरिन्छ । यिनीहरूलाई जायसवालको कुनै जातीय पञ्चायतमा गैरहाजिर भएकाले यिनीहरूलाई जातिबाट बहिष्कृत गरिएको भनिन्छ । यसलाई व्याहुत जायसवालको उपवर्ग मानिन्छन् । अचेल यिनीहरूको वैवाहिक सम्बन्ध कलवार र जायसवालमा विनाकुनै रोकतोकको साथ सम्पन्न हुने गर्छ ।

देसवार ः यो शब्द जेसवार र जैसवारको अपभ्रंश मानिन्छ । यो पनि कलवार जातिको उपजाति हुन् । कलवार जातिको मुख्य थर, कलवार, गुप्ता, चौधरी, भगत, साह आदि हुन् । नेपाली साहित्यका अमर साहित्यकार भवानी भिक्षु पनि कलवार थिए र उनको थर गुप्ता हो ।

शनिबार, गोरखापत्र
भदौ २४, २०६८

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 118
  • 1684 reads
Tweet facebook

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
This question is for testing whether you are a human visitor and to prevent automated spam submissions.

सामाजिक सञ्जालमा

Follow @Majheri

मझेरी छनौट

  • पुन्य कार्की
  • सुधा मिश्र
  • धर्मराज कोइराला
  • शिवराज कलौनी
  • राजेश अधिकारी

नयाँ प्रतिकृयाहरू

  • भावुक बनायाे
    4 days 12 hours ago
  • सानो आग्रह गरे है सर
    5 days 7 hours ago
  • कत्रो दुर दर्शिता
    1 week 2 days ago
  • सुनमा सुगन्ध हुने थियो कि
    1 week 3 days ago
  • appreciate
    5 weeks 2 days ago
  • आभार
    5 weeks 3 days ago
  • बहुत खुब कहिल्छि ।
    5 weeks 6 days ago
  • आभार प्रकट गरे
    6 weeks 1 day ago
  • शब्द र भाव राम्ररी मिलाउनु
    6 weeks 1 day ago
  • यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
    6 weeks 2 days ago

लोकप्रिय रचनाहरू

Today's:

  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • खहरेको भेल-रहेछ
  • पछिल्ला रचनाहरू
  • जन्मदिनको शुभकामना
  • जन्मदिनको शुभकामना तिमीलाई
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • सरस्वती वन्दना
  • तिमी शितल दिने छायाँ
  • छोरीको जन्मदिनको शुभकामना
  • म पानी हुँ
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • विद्यार्थी हुँ म
  • प्रेमिलहरूको प्रेम दिवस
  • कुकुर
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • यसै गरी मिलोस तिम्रो माया
  • काली
  • प्रिय मेरी मायालु तिम्रो यादमा
  • समयकाे धुन
  • नेपाली भाषाको शब्द-ढुकुटी
  • महलकी रानी
  • देशभक्त हुँ म
  • नेपाल मेरो घर
  • शुभ दिन बिहानीको
  • सहकारी नारा (कविता)
  • गजल
  • आग्रह
  • गजल ( बिर्सिएको छैन आमा )
  • हाम्रो बारेमा

Last viewed:

  • उचाइ
  • आजभोलि हल्ला सुन्छु जीवनसाथी खोज्दै छौ रे
  • चालिरहुँ लागिरहने सुन्दर चाला गजलको
  • माथि तारे भीर, तल दरौंदी
  • त्यो रात को कुरा नगरौं
  • सपनीका मिलनहरू विपनीमा पाउने भए
  • घुम्तीमा नआऊ है
  • ठुलो एकादशीमा (बालकविता)
  • मुग्लान छाडी आउनु स्वामी,संगै माइत जाउँ
  • मनको कुरा
  • तिमी आयौ जून पनि मुस्कुराई शान्ति
  • सम्बन्ध त्यस्तो पनि त हुनसक्छ
  • यो देशमा
  • ओयामको एक तस्बिर
  • ह्याप्पी भ्यालेन्टाइन डे पृया
  • डर लाग्छ
  • मारामारी भयो सधैं अनि बुद्ध सोधें
  • धुन
  • चम्चा
  • जालमा
  • राष्ट्रभक्तिपूर्ण सङ्ग्रह
  • स्वाभिमान नि बेच्छन मान्छे
  • नेपाली साहित्यमा शतवाषिर्कीको सन्दर्भ
  • गौथली र भँगेरा
  • जीवन
  • रेखा कविता- ७ : म शून्य रेखाबाट भगतसिंह उमार्छु
  • बिचारशिल गजलहरुको एउटा उत्कृष्ट सङ्रह; बर्दियाली प्रतिनिधि गजल
  • मोहनी लाग्ला है
  • खुसी पल भरको
  • मान्छेहरु अचेल किन शिष्ट हुँदैनन्
  • भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०२० सर्वाधिकार मझेरी डट कममा सुरक्षित