कसो गरी आउँला माइती साइत नजुरे
तिहारमा चेलीको बाटो नकुरे ।
मन त मेरो उडिजान्छ माइती घरकै संघार
यो पालीको तिहारमा आएन है बहार ।
कल्पनामै रमिदिउँला भाइटीकाको पल
विवशताले गर्यो हरे कस्तो गरी छल ।
आशिष, टीको पठाउँनेछु रुमालमा बाँधी
कसै गरी नचलोस है त्यो मनमा आँधी ।
चेलीलाई सम्झिएर आसुँ नझारे भाइ
भाइटीकामा मनलाई पीरमा नपारे दाइ ।
