Skip to content

कसो गरी आउँला माइती

  • by


कसो गरी आउँला माइती साइत नजुरे
तिहारमा चेलीको बाटो नकुरे ।

मन त मेरो उडिजान्छ माइती घरकै संघार
यो पालीको तिहारमा आएन है बहार ।

कल्पनामै रमिदिउँला भाइटीकाको पल
विवशताले गर्यो हरे कस्तो गरी छल ।

आशिष, टीको पठाउँनेछु रुमालमा बाँधी
कसै गरी नचलोस है त्यो मनमा आँधी ।

चेलीलाई सम्झिएर आसुँ नझारे भाइ
भाइटीकामा मनलाई पीरमा नपारे दाइ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *