Skip to content

मनको बाँध फुट्नलाई चर्किएछ आज

ShrijanaNeupane


मनको बाँध फुट्नलाई चर्किएछ आज
बग्न भनी अँश्रुधारा लर्किएछ आज

किन बढ्यो पीडा मनमा थाहा छैन कति
एउटा भको मन पनि मर्किएछ आज

जिन्दगीको गोरेटोमा सानो ठाउँ थियो
त्यही ठाउँ नि कति धेरै चर्किएछ आज

अन्तै टाढा जाऊँ भनी पठाएथेँ याद
आधा बाटो नपुग्दैमा फर्किएछ आज

सृजना न्यौपाने
झापा

3 thoughts on “मनको बाँध फुट्नलाई चर्किएछ आज”

Leave a Reply

Your email address will not be published. Required fields are marked *