बतास नचली पात हल्लेको देखे
खुर्सानीको बोटमा फर्शी फलेको देखे
तिरिमिरी आँखा भए के के भयो सम्झे
आफ्नै छाया आँफै सँग छलेको देखे
हेरे आफ्नै शरीरलाई पर्दा पछाडि
हत्केलामा आफ्नै शरीर बलेको देखे
सम्झेको थिए होस् मै छु तर बेहोसी रहेछु
घरल्याम घुर्लुम आफ्नै शरीर ढलेको देखे
बाच्नुमात्र पर्दो रहेछ के के देख्न पाउदो रहेछ
आँखा अघि आफ्नै चिता जलेको देखे
@
नसालु मुडको कन्डिसनमा यो गजल केबल कसैको यादमा
