सेतो परेवाहरु उडाउंदै सृजनाको बिजारोपण गरी
नविन अंकुरा उमारी
किरांत आकाश भरी
एकताको अजम्बरी फूल फूलाई
नचुडिने माला उन्नु पर्छ
मेची काली सल्ला सुसाए झै सुसाउंदै
मुस्कुराउंदै गुन्गुनाउंदै बुद्दसंग
फेरी फाल्गुनन्दले जन्म लिनु पर्छ
सांच्चै फाल्गुनन्दले जन्म लिनु पर्छ ।
पानी परेपछीको आकाश खुले झैं
हामी किरांत माझ फाल्गुनन्दको उपदेशले
चेतना खुल्नु पर्छ
मन मस्तिष्कमा पाठ हुल्नु पर्छ
फल्गुनन्दमै भुल्नु पर्छ मनन गारौं आज हामी अनाथ असहाय भएका छौं
प्रार्थना गरौं सबैले हामी माझ
अब फेरी फाल्गुनन्दले जन्म लिनु पर्छ ।।
२०६३।८।९ गते ।
