Skip to content

कोसिस गर्दैछु जीवन हाप्न


छापाखाना हैन यो मन, सकिन्न भित्री कुरा छाप्न
सबै कुरा त हापिसकेँ अब, कोसिस गर्दैछु जीवन हाप्न ।।

सजिलै सँग बाँच्न सकिन्न, मर्न पनि त सजिलो हुन्न
नाईलनको डोरी अली तन्किन्छ, अरु पनि त कसिलो हुन्न ।।
अन्तिम दिन आउँछ छिट्टै, सक्दैन ईश्वरले हात थाप्न
सबै कुरा त हापी सकेँ अब, कोसिस गर्दैछु जीवन हाप्न ।।

दिन–दिनै मृत्यु नजिक आयो, सक्दिन चाहेर पर सार्न
दुई–चार दिन त सबैलाई गाह्रो, एक्कासी चटक्कै माया मार्न ।।
अन्तिम भेट सबैलाई गरुँला, सकेँ भने चार दिन खाप्न
सबै कुरा त हापी सकेँ अब , कोसिस गर्दैछु जीवन हाप्न ।।

पुस्कल पौडेल (प्रतिक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *