बुख्याचाले न सास फेर्छ
न खान्छ न खुवाउँछ
न पिउँछ न पियाउँछ
न सुत्छ न सुताउँछ
न उठछ न उठाउँछ
न चल्छ न चलाउँछ
न हिंडछ न हिंडाउँछ
न उडछ न उडाउँछ
न कुदछ न कुदाउँछ
न बोल्छ न बोलाउँछ
न हाँस्छ न हसाउँछ
न रुन्छ न रुवाउँछ
न रिस पोख्छ न पोखाउँछ
न ब्यथा दिन्छ न कहन्छ
न कसैले दिएको प्रहारको प्रतिकृया जनाउँछ
न प्रतिसोध लिन्छ
न जिस्कन्छ न जिस्काउँछ
न सुन्छ न सुनाउँछ
न फकाउँछ क फकिन्छ
न बुझ्छ न बुझाउँछ
बस उ केटाकेटी र चराहरूलाई तर्साई रहन्छ
हामी यस्तै बुख्याँचा सँगै बर्षौदेखि त्रसित हुँदै आई रहेका छौं
केटाकेटी र चराहरू मन नपराउने यस्ता
बुख्याँचाहरू म कदापि मन पराउन सक्दिन
अर्थात म बुख्याँचा बाँच्न सक्दिन ।।
