Skip to content

तिम्रो बाउलाई भन्दे हुन्छ


सस्तो कुरा किन्नलाई, झट्टै पैसा गन्दे हुन्छ
तिमी कतै बिक्दिनौ,तिम्रो बाउलाई भन्दे हुन्छ ।।

मै हुँ भनि तिमी सँग, जस्ले माया लगाउँछ
दुई चार दिनमै उस्ले, तिम्रो बानी थाहा पाउँछ ।।
कतै बिक्नु छ भने, राम्रो मान्छे बन्दे हुन्छ
तिमी कतै बिक्दिनौ, तिम्रो बाउलाई भन्दे हुन्छ ।।

तिम्रो बानी राम्रो भए, म पनि टेरौँला
नत्र कस्लेलानछ तिमी लाई, यी आँखाले हेरौँला ।।
निउँ खोज्न आउनेको, दाँत सबै गन्दे हुन्छ
तिमी कतै बिक्दिनौ, तिम्रो बाउलाई भन्दे हुन्छ ।।

सस्तो कुरा किन्नलाई, झट्टै पैसा गन्दे हुन्छ
तिमी कतै बिक्दिनौ,तिम्रो बाउलाई भन्दे हुन्छ ।।

पुस्कल पौडेल(–––प्रतिक)

1 thought on “तिम्रो बाउलाई भन्दे हुन्छ”

  1. तिम्रो बानी राम्रो भए, म पनि
    तिम्रो बानी राम्रो भए, म पनि टेरौँला
    नत्र कस्लेलानछ तिमी लाई, यी आँखाले हेरौँला ।।
    Pskal ji,daga nai dharnu parne aawasekta thien hola ta.

Leave a Reply

Your email address will not be published. Required fields are marked *