सक्छौ भने मनभरिका व्याथाहरू लेख्नु
हामी बीचका पुराना ती कथाहरू लेख्नु
लुकाउँछौ पीडाहरू दिन्छ त्यसले चोट
आखिरमा हामी बीच के नै थ्यो र खोट
हाम्रो मायाप्रेमका सबै जेथाहरू लेख्नु
हामी बीचका पुराना ती कथाहरू लेख्नु
एउटै थियो विचार् हाम्रो, एउटै चाह हाम्रो
ठूलै मान्छे बन्ने तिम्रो सोच थियो राम्रो
कवि बन्यौ लौ त हाम्रो गाथाहरू लेख्नु
हामी बीचका पुराना ती कथाहरू लेख्नु
सक्छौ भने मनभरिका व्याथाहरू लेख्नु
हामी बीचका पुराना ती कथाहरू लेख्नु
राजेश रुम्बा लामा ‘अतृप्त’
