Skip to content


परीक्षा त लिनु थियो भित्रै सम्म पसौं
कोइला भित्रै रैनछ हीराजस्तो दामी

सुन्दरी छौ दर्शनमा भएँ पानी पानी
आसक्तमा बसेको छु वैंसलाई धानी

मन दिएँ तन दिएँ तिम्रो आत्मा जित्न
चिप्ल्याइदियौ पछारिएँ छैन आनाकानी

तिम्रो दिल चट्टानै हो छिनो पचाइ दियो
आशामा नै झुण्डियो लौ मेरो जिन्दगानी

तातो चिसो हावा यहाँ चल्नसम्म चल्यो
सिकुटियो सारा तन बसें खुट्टा तानी

अझैसम्म आशादीप धिपधिप बल्छ
थाप्छु झोली तिम्रो लागि बनीदेऊ दानी

Leave a Reply

Your email address will not be published. Required fields are marked *