Skip to content


सानी थिई
आँखाकी नानी थिई
हुलुक्क बढिछे
मनमा थिई
बार्दलीबाट हेर्थी त्यो गोरीले
पोइल हिडिछे
खुत्रुक्कै पारिनी पातली मोरीले
गयो मेरो झम्के बुलाकी !

हातको चुरा
सिउदोको सिन्दुर
टिमिक्क त्यो तन
मिलेकै थ्यो त
त्यो र यो मन
परेवा जोडी थ्यो
दुइ चार दिन परदेश लाँगे
गहना बनाउन
फर्केर जाँदा घरमा थिन
त्यो पोइल हिडिछे
खुत्रुक्कै पारी यो ज्यानलाई
पातली मोरी ले
गयो मेरो आधा जोवन !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *