मुल बाटो तिम्रो भागमा गोरेटो चाहिँ मलाई पर्यो
जस्को माया पाउनु पर्ने उस्कै माया अन्तै सर्यो
मलाई सधैं बिसिएर मन बुझाउन सक्छौं भने
म बिना नि तिमी एक्लै रमाउन सक्छौं भने
तिम्रा लागि जुनी फेरि, फेरि म नै जन्म लिउँला
संसारका सारा खुसी सके तिम्रै पाउमा दिउँला
मुल बाटो तिम्रो भागमा गोरेटो चाहिँ मलाई पर्यो
जस्को माया पाउनु पर्ने उस्कै माया अन्तै सर्यो
हात समाई सँग-सँगै एउटै बाटो हिड्छु भन्थ्यौं
सकें भने तिम्रा लागि ज्यानै अर्पी दिन्छु भन्थ्यौं
आगो लायौं मुटु भित्र दन्नदन्ती नै बली रह्यो
पोल्यो मुटु पिल्सिएर ढुकढुकी चाहिँ चलिरह्यो
मुल बाटो तिम्रो भागमा गोरेटो चाहिँ मलाई पर्यो
जस्को माया पाउनु पर्ने उस्कै माया अन्तै सर्यो ……दर्पण