Skip to content

तिमीलाई


शीतल जूनको किरण तिमीलाई
मन्द मन्द चल्ने पवन तिमीलाई

सुन्दर खोलानाला हरियाली सबै
वसन्तबहार मधुमास तिमीलाई

निलो आकाशमा सधै चम्किरहने
घाम, जून, तारा ब्रम्हण्ड तिमीलाई

सयपत्री, मखमली, गोदावरी, सुनाखरी
फूलै-फूलको मौसम सुगन्ध तिमीलाई

हर पाइला-पाइलामा सफलता मिलोस
संसारमा जे जे छन सबै तिमीलाई

सनम गोले

Leave a Reply

Your email address will not be published. Required fields are marked *