सत्ता भन्ने चिजै कस्तो सबैलाइ चाहिने
चुनाब सँधै हारे पनि मन्त्री पद पाइने
नहुन्जेल निकै दुख भए टन्टै खलास
एकपटक मन्त्री बने पुस्तौं कमाइ खाइने
बस्नलाइ महल छ घुम्नलाइ पजेरो
अरु भोकै परे परुन् आफु टन्न अघाइने
बोल्न जाने पुग्दो रैछ कामको छैन मतलब
राम्रो भाषण ठोक्यो कि त देशैभरि छाईने
आँफैलाइ थाहा हुन्न कहाँबाट आउँछ कमाइ
पद रहुन्जेल इश्वर पनि हुँदारैछन् दाहिने
