Skip to content

बुझ्दै छु र भेटिनै छोड्यो (दुई मुक्तक)


(१)
मान्छेहरू भन्नु यहाँ के रैछन बुझ्दै छु ।
मलाई बिगार्ने चाहिँ यहाँ मेरै छन बुझ्दै छु ।
आफै गर्नु पर्ने काम सल्लाह माग भर नपर;
अर्काको राम्रो नदेख्ने यहाँ धेरै छन बुझ्दै छु ।

(२)
अर्थ बिनाको जीवनको अर्थ भेटिनै छोड्यो ।
अर्थ बिनाको मनमा रहर त भेटिनै छोड्यो ।
जस्तो सुकै होस् काम सानो या ठुलो ;
अर्थ बिनाको अचेल शर्त भेटिनै छोड्यो ।

हरि किशोर पौडेल
स्यांग्जा मल्यांग्कोट १ रमालीगाऊ
ज्यग्दी किनार
मोबाइल न: ९७२१४९१२२६, ९७४६०२०६२५

Leave a Reply

Your email address will not be published. Required fields are marked *