Skip to content

मैले के देखे


आज राति सपनीमा बाटो तिम्रो छेके
जाँदै थियौ पधेरीमा बाटो तिम्रो छेके

सन्चै छौ कि बिसन्चो छ मैले के देखे
रूँदै थियौ मझेरीमा बाटो तिम्रो छेके

तिमीदेखि कोसौ टाढा म मैले के देखे
अनायसै अधेरीमा बाटो तिम्रो छेके

बताईदेउ न देवी देउता मैले के देखे
किन होला निदरीमा बाटो तिम्रो छेके।
सनम गोले
मकवानपुर
हाल मलेशिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *