रातो साडी झिलीमिली हतैभरि चुरा
गर्दै होलिन मेरी चेली तीजकै कुरा ।
लिन आउँन पाईन फसे परिन्दाको बिच
फलोस फुलोस चेलीको यसपालिको तीज ।
आगुमसाल आउँछु लिन नमान्नुहै पिर
हाँसीखुसी खानु चेली दर रोटी,खिर ।
शुभकामना चेलीलाई यो माहन पर्वको
मिलीजुली मनाउँ सबले विषयहोस गर्वको।
सनम गोले
मकवानपुर हाल मलेशिया
