मन्दिरहरूमा वर माग्दै ढुङ्गो पुज्दै देशकै चिन्ता,
सत्ता हुँदा भाडमा देश कुर्सी गुम्यो त्यसकै चिन्ता ।
कुर्शी गुम्ने सबै जनलाई टाढा पर्दा त्यसको चिन्ता,
अवसर हुदा आफ्नै चिन्ता सारा गुम्दा देशको चिन्ता ।
भ्रष्ट सारा जेलमा थुप्राउ उतै गर्छन देशको चिन्ता,
देश वन्यो लैनो गाई जुकाहरूलाई महाचिन्ता ।
लैनो गाई थारो पारी सडकबाट केको चिन्ता,
हार गुहार लाख गर सत्ता अब कल्ले दिन्छ ।
जस्को चल्यो देशमा रजाई उस्कै आज ढोगीं चिन्ता,
सपनीमा कल्पी राख फेरि आउलान हाम्रा दिन त ।
मन्दिर मठमा मुर्ती पूज उसैसँग कसम भाग,
दिन गए तिम्रा सारा जोगी बनी गुहार माग ।
मन्दिरहरूमा वर माग्दै ढुङ्गो पुज्दै देशकै चिन्ता,
सत्ता हुँदा भाडमा देश कुर्सी गुम्यो त्यसकै चिन्ता ।
२०१२/०९/२२
Tokyo (BETHA)
