Skip to content

जल्दै जाऊ


कति जल्छौ जल्दै जाऊ
ईर्ष्या अझ पाल्दै जाऊ ।

प्रगतिको पथ बढ्नेछन
दुबै खुट्टा तान्दै जाऊ ।

उज्यालो देख्छु अगाडि
ज्ञानको दीप बुझाई जाऊ ।

शिखर चुम्ने सपना मेरो
मन मस्तिष्कमा गुनेर जाऊ ।

छेकिहाल चौबाटोहरू
फलामे पर्खाल लगाई जाऊ ।

सनम गोले
मकवानपुर हाल मलेशिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *