Skip to content

ब्याचलर अफ नर्सिंग कुलबधु


भर्खरै बुहारी भित्र्याएका तिनीहरूले आफ्नी नव बधुको तारिफ गर्दै सुनाए – “हाम्री बुहारी एक दम खानदानकी छोरी हुन् । पूरै आर्य संस्कारले सजिएकी उनलाई मैले बर्सौं लगाएर आफ्नो एकल सुपुत्रलाई रोजेको । उनका पिताजीको कुरै नगरौं प्रकाण्ड विद्वान । भाइ इन्जिनियर छ । बैनी ठूलो पत्रकार कान्तिपुरकै सबैभन्दा ठूली समाचार बाचिका । मेरी बुहारी पनि ब्याचलर अफ नर्सिंग गरेकी मैनाकै ५० हजार तलव खान्थिन नेपालमै । छोरा बुहारी दुबैको उमेर पनि एउटै क्या मिलेको लव नै हाने जस्तो । पर्फेक्ट जोडी घरमा केई सिकाउनु पर्दैन । बोल्न इस्टमित्र ज्वाँई भान्जा सबैलाई यथोचित सम्मान गर्न जानेकी सर्व गुण सम्पन्न कुलीन बुहारी … ।”

बुहारीको बखानले टोल रन्कियो ।

एक दिन लगभग मध्यरातमा फोन आयो मेरो घरमा । म सुतिसकेको थिएँ माथिल्लो तलामा जाडोको समय । टिनिन्न टिनिन्न फोन बजिरह्यो तल बैठक कोठामा । कसको फोन होला यो कुसमयमा ? कुनै अर्जेन्ट कल पनि त हुन पनि त सक्छ ।

म दगुर्दै तल झरें ।

“हेलो ! हेलो !! हेलो !!!” म चिच्याई रहेछु तर त्यो फोनको उताको पात्र बोल्दैन ।

बिस्तार त्यो फोन उतैवाट काटियो । कर्लेस बोकेरै म ट्वाइलेट गएँ । को हो यो यस्तो राति फोन गरेर उठाउन आउदा फोन काट्ने ? म तीन छक पर्दै माथि जान भर्याङ चड्दै थिएँ; फेरि फोनको घन्टी बज्यो ।

मैले फेरि “हेलो” भनेँ । फेरि पनि नबोलेको देखेर त्यो कर्लेस मैले श्रीमतीलाई फालिदिएँ “कसको फोन हो ?” यो भन्दै ।

उनीसँग त्यो पात्रले मजाले कुरा गर्यो ।

पाठक बृन्द त्यो फोन आखिर कसैको नभएर तिनै टोल रन्काएईएकी ब्याचलर अफ नर्सिंग कुलबधूको रहेछ ।

रामहरि पौड्याल
भरतपुर १२/१९३, चितवन

Leave a Reply

Your email address will not be published. Required fields are marked *