Skip to content


सँगै छँदा माया दुख्या जस्तो लाग्दैनथ्यो
टाढा हुँदा तीरले मुटु छोचोलेको जस्तो भो
लाउँदा लाउँदै छुट्ने भए विछोडमा दुख्ने भए
खै माया केलाई लाई भो र?

वसन्तको मन्द हावा बग्छ उही श्वास रोकी
यतै कतै फेरि उनलाई भेट्छु भन्ने आश बोकी
आशै आशमा बाँच्ने भए छुटो सपना साँच्ने भए
खै माया केलाई लाई भो र?

आज फेरि झझल्कोमा तस्वीर उही आयो
जून रोएको शीतजस्तो परेलीमा आँसु ल्यायो
मन सधैं दुखी रहे आँखाभरि आँसु भए
खै माया केलाई लाई भो र?

शब्द – राजकुमार मोक्तान
स्वर – रामकृष्ण ढकाल
संगीत – सुरेश अधिकारी
एल्बम – आगमन

Leave a Reply

Your email address will not be published. Required fields are marked *