जिन्दगी हो, कहिले हावामा उड्छ
कहिले पानी सरी बहन्छ
थाहा हुन्न आफैलाई तर
नाम सधै रहिरहन्छ
कहिले धुवामा उँडे जस्तो लाग्छ
कहिले आगोमा बले झैँ
कहिले चन्द्रमा छुने सहस आउछ
कहिले भित्र भित्र गले झैँ
जिन्दगी हो, कहिले तेज भाग्छ
कहिले सुस्त रहिरहन्छ
थाहा हुन्न आफैलाई तर,
दिन दिनै मरिरहन्छ
कहिले आखा रसाउँछ, कहिले मन हसाउँछ
कहिले धकमक्क फुले झैँ, कहिले हरपल अँधेरी छाउछ
कहिले हर्षले कराउछ, कहिले एक्लै एक्लै बर्बराउछ
जिन्दगी हो, कहिले आँधी सरी चल्छ
कहिले मन्द रही रहन्छ
थाहा हुन्न आफैलाई तर
नाम सधै रहिरहन्छ
२०६९-६-२३
