एउटा कुरा भन्न मलाई मन लाग्या छ
छेउमा बसी बात गर्न मन लाग्या छ
एकान्तमा भेट्न मलाई मन लाग्या छ
मनको कुरा खोली भन्न मन लाग्या छ
एउटा बाटो एउटा पाटो हिड्न सकिन्छ कि
दिलभरि माया बोकी हास्न सकिन्छ कि
एउटा कुरा भन्न आज मन लाग्या छ
छेउमा बसी बात गर्न मन लाग्या छ
पिरतीका कुराहरू साट्न सकिन्छ कि
माया तिम्रो मुटु भित्र गास्न सकिन्छ कि
एउटा कुरा भन्न मलाई मन लाग्या छ
छेउमा बसी बात गर्न मन लाग्या छ
मन खोली कुरा गर्न मन लाग्या छ
देउता भाकी एकै हुन् आँट जाग्या छ
आऊ अब हिम्मत गर चैन हुन्न फेरी
घरबार अब संगै जोड्न सकिन्छ
धेरै पर सम्म अब हिड्न सकिन्छ कि
माया भन्ने यहि हो कि केही थाहा छैन
भोक निन्द्रा हराउला मन सम्झी सम्झी
एउटा कुरा भन्न मलाई मन लाग्या छ
छेउमा बसी बात गर्न मन लाग्या छ
पिरतीका कुराहरू साट्न सकिन्छ कि
माया तिम्रो मुटुभित्र गास्न सकिन्छ कि !!
