Skip to content

अविरल यात्रा : रोमान्चक द्वन्दहरू


रात सफा र कन्चन देखिन्छ, स्निग्ध र सुकुमार । पूर्णचन्द्रले त्यसमा शोभा थपेको छ, ताराहरू सुन्दर फूलझैं फक्रेका छन् । मलाई हम्मे परिरहेको छ छुट्याउन – दिन हो कि रात ? बादलका कुनै काला धब्बाहरू देखिदैनन् अनन्तसम्मै । पूरै आकाश हाँसेको छ पूर्णयौवना तरुनी झैं प्रतीक्षामा कसैको । शीशाका ठूला झ्यालहरूबाट ओछ्यानमा पल्टेरै देखिरहेछु – पर आसिकागाको हरियो डाँडो आकाशको छतमुनि थकाइ मरिरहेको छ मौन । नजिकैको बलिङ्ग सेन्टरको प्रतीक ‘बलिङ्गको नमूना’ अग्लाइमा ठड्याइएको स्तम्भमा सफेद हाँसिरहेको छ । सम्मुखको हुलाक घर, जोडिएको रेल्वे लाइन, सेवनको कन्भिनियन्स स्टोर, आसिकागा मायाबासी रुटका ब्यस्त सडक यथास्थानमै दृष्टिगोचर भएका छन् मेरा आँखाभरि ।

यी सबै दृस्यहरूले पुलकित बन्दै कतिखेर निदाएछु थाहै भएन । बिहान ६ बजे नै कलबेलको चर्को ‘टीरीरी’ ले ब्युझें । सात बजेनै कम्पनीमा पुगिसक्नु पर्ने कामको लागि । जाडोको समयमा न्यानो सिरक फाल्न कति गार्हो ?

‘तर के गर्ने उठ्न मन न लगेर ?’

जापान हो यो । समयको सही महत्वोलाई बुझ्ने र देख्ने ठाउँ । आफ्नो काम, आफ्नो कर्तब्य, अफ्नो ब्यापार, आफ्नो व्यवसाय सबैलाई टाइम पङ्गचुयालिटिले कसी राख्ने ठाउँ । दश मिनेट छिटो पुग्नु पर्ने पन्ध्र मिनेट ढिलो फर्कनु पर्ने निर्दिस्ट समयभन्दा हरेक व्यक्तिले आफ्नो काममा । यहाँको मौलिक परम्परा हो देश भरिको ।

टिङ्ग टिङ्ग ! टिङ्ग टिङ्ग !! टिङ्ग टिङ्ग !!!

रेल्बे क्रसिंगको पूर्व संकेत ।

छनछन छनछन ! छनछन छनछन !! रेल आइपुग्छ बिहानको ।

रेलको आवाज । क्रसिंगको पूर्व संकेत । मेरा साथीहरू हुन अपार्टमेन्टसँग जोडिएका । हरेक घण्टामा आउने र जाने रेलको आवाजले मेरो एकान्ततालाई चिर्ने गर्दछन दिनहुँ । म अभ्यस्त भइसकेको छु यी आवाजहरूसँग । ट्रेनको यो अविरल यात्रा जीवनझैं लाग्दछ मलाई । ‘ट्रेन बास्तबमै देश बिकासको पूर्वाधार रहेछ, यातायात व्यवस्थाको छिटो छरितो, सुलभ र सस्तो ।

तर यो सुबिधा हामीले भोग्ने कहिले ?’ मेरो मनमा सधैं खेल्ने कुरा हो ।

मेरो मनमा सधैं खेल्ने कुरा हो ।

हामीलाई बुलेट ट्रेन चाहिएको थिएन, जे.आर. लाइनमा चल्ने दुईवटा मात्र ट्रेन पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म चलाईदिए देशले काँचुली फेर्दो हो यातायात क्षत्रमा ।

प्रजातन्त्रका दश बर्षहरू पनि निरासामै भएर बिते । रोजगारी छैन, उधोगधन्दाहरू खुल्दैनन, युवा युवतीहरू बिदेशियेकाछौँ यसरि । देश बिपन्न हुनुको पीडा भोग्दै छु यतिखेर ।

‘ओहो, ढिलो भैसकेछ कम्पनि पुग्नलाई !’

कम्पनीको युनिफोर्म, काने टोपी, टिफिन क्यरियेर सबै बोकेर म निक्लन्छु आफ्नो कर्मस्थलतिर – चडेर पुरानो साइकल ।

बिहानको सुरम्य शान्ति छाएको छ आशिकागा शहरभरि । बाहनको त्यति ठूलो घुइचो लागिसकेको छैन । फाट्टफुट्ट कारहरू, लामो र चौडा सडक मौन लम्पसार देखिन्छ थाकेर हाँसे झैं । म साइकलमा फुर्तिसाथ कुदिरहेकै थिएँ, पोस्ट अफिसको टर्निंगमा अटोमेटिक ट्राफिक सिग्नललाई पर्खेर रोकिएँ एकैछिन । मेरा आँखाहरू अलिपरबाट पैदल आइरहेका दुई परम सुन्दरिहरूमा परे । चौबिस बर्षको लक्काजवान मलाई पनि सुन्दरीको मोहले तानिहाल्यो ।

‘अहा, क्या मजाका च्वाँक रैछन ! कुनचाहिं देशका होलान ?’

अग्लो कद, बारुले कम्मर, साना तर चम्किला आँखाहरू, थेप्चो नाक, सुडौल तिघ्राहरू, छोटो मिनिस्कर्ट र छोटो ब्लाउजबाट प्रस्टै देखिने उन्नत सगरमाथाहरू, गहिरो नाभिस्थल, अग्ला जुत्ताहरू………..

मलाई रोमान्टिक सपनाझैं लागिरह्यो तिनीहरूको सुन्दरता, हाउभाउ र कटाक्षले बिमोहित भएर । मेरा अङ्ग- अङ्गमा एउटा मीठो काउकुती, रोम रोममा एउटा छुट्टै अनुभूति नाचिरह्यो – ती कलियुगी अप्सराहरूको नखरा !

म सिग्नल पास गरेर आफ्नो बाटोमा कुध्दै थिएँ, मैयाँहरूले संकेत गरे मतिरै लक्ष गरेर । म अचम्ब मान्दै रोकिएँ उनीहरूले चाहेझैं पोस्ट अफिसको छेउकै पार्किंग लटमा आफ्नो थोत्रो साइकल बिसाएर ।

‘गुड मर्निङ्ग ! आइ एम स्वीटी फ्रम फिलिपिन्स

‘आइ एम प्रीटी…….’

‘ओ रियल्ली भेरी नाइस नेम । ‘– हात मिलाउदै मैले भने ।

कोमल नारीस्पर्सले म पुलकित भएछु । सिनित्त हातहरू नरम र मसिना , समाई राखुझैँ … । तिनिहरूको मृदु मुस्कानले मलाई पूरै घायल बनायो सजिलैसित । म पनि त बिचरो मनुवा थिएँ – भावनाहरू, मुटुहरू र चाहाहरू खुम्चाईरहने । मनोजैबिक, मनोरसायानिक, मनोबैज्ञानिक यथार्थताहरू खुल्दा रैछन यस्तै बेलामा भत्काएर नियम, कानुन, शिक्षा र अर्तिका जन्जीरहरू । सबै नखरा रहेछन मान्छेका अन्तरमनलाई कुण्ठित गर्ने, भ्रान्त पार्ने ।

के दुनियाँमा मान्छे जन्जीरले बाँधियो र भावनाका सामू ? टुट्दा रहेछन, फुट्दा रहेछन भ्रमहरू सजिलैसित सुन्दरताका सामू ।

कति मर्छस् हे लाटा ! बिर्सेर रहरहरू, कुल्चेर इक्षाहरू – स्वयम अप्सराहरू अनुनय गरिरहेछन् । प्रेमालाप गर्दै सुम्सुमाउदै छन् गरेर निमन्त्रणा प्रेमाचारको ।

आफू खरानी भएर दाजुभाइ पढाएर के गर्ने…..? कसैले भनेको सुनियो नेपथ्यमा ।

‘यु आर सो नाइस गाइ ! पोइनटेड नोज !!’

अर्कीले मेरो नाक खेलाई, हात समाई, गाला चलाई………

म स्वप्नतिरेकमा रमिरहे । भावनाका शिखरहरू उठे कन्चनजंघाझैं । म रोमान्चकारी धौलागिरि उक्लीरहें, उक्लीरहें । बिना रोकटोक, बिना मोलतोल ।

स्वीटीका मसिना हातहरू नाक, गाला हुदैं तल तल सलबलाए चलबलाए बिस्तारै । म स्वतन्त्र प्रस्तुत भैदिएं उसका कृत्यमा र त उसले हात पुर्याई मेरो पौरुष केन्द्रमा । म उत्सर्गको महाशिखरमा पुगें । मेरो ….पक्डेरै उसले बोलाई प्रीटीलाई आँगिक आकारको बर्णन गर्दै ।

‘‘ह्व्येर इज युओर अपार्टमेन्ट ?
ह्वाट इज युओर सेलफोन नम्बर ??’’

यो उनीहरूको व्यग्र अनुनय थियो ।

मेरा स्मृतिका क्यानभासहरूमा आफ्ना कर्महरू, कर्तव्यहरू सलबलाए भर्खरैको रोमान्चकारी प्रबेगलाई चुनौती दिदै ।

मेरै कमाइमा फिलिपिन्समा डाक्टर इन्जिनियर बन्ने सपना बोकेर पढ्दै गरेका दुई दुई दाजुभाइहरू ।

नेपालमा इन्जिनियर पढ्दै गरेको अर्को भाइ ।

बुवाआमाका जीवनभरिका दुखाइहरू र मनमा मलम-पट्टी गर्ने मेरा योजनाहरू । रीस गर्ने जोरिपारिहरू, आशा गर्ने दीदी बैनीहरू, भान्जा भान्जीहरू, मेरा मत्त्वाकाङ्गक्षाका बिशाल महलहरू……… ।

म चौरस्तामा थिएँ अनिर्णयको । एकातिर रमाइलो संसार थियो, उत्कट इक्षाहरूको, चाहना र भावनाहरूको । अर्कातिर कर्महरू, कर्तव्यहरू थिए, भावी सपनाहरू थिए सुखी जीवनका, ‘नमूना परिवार’ निर्माणका रहरहरू थिए, बीचमा म थिएँ र सामू थिए साक्षात उर्बशीहरू…….

मेरो दिमागमा झड्का दिदै नेपालबाट कथाकार दीदिले लेखेको सन्देशात्मक चिठी फनन्न घुम्न थाल्यो :

‘‘प्यारो भाइ !

अस्ति सपनामा तिमीलाई देखें धेरै दिनपछि । तिमि नेपाल फर्केछौ र मैले भेटेछु अचानक । अहो, खुसीले कति गद्गद् हुदै मैले तिमीलाई अँगालो हालेथें मेरो प्रिय भाइ भन्दै । तर ….खोइ किन हो तिम्रो मुहारमा कान्ति थिएन । अप्ठेरो, अनि निन्याउरो । तिमीले मलाई भनेको बाक्यले म रन्थनिदै उठेथें । तर तिमि फरक्क फर्केर हिड्यौ त्यसरी नै जसरि आएका थियौ, टेम्पो चढेर । मेरा कानमा टिनिन्न गुन्जिरहे – ‘‘मेरो एच.आइ.भी. टेस्ट गराउनु छ । ‘’ अहो, कस्तो भीषण दुस्वप्न ! म चिच्याएँ निद्रैमा । बिहान उठेर तिम्रो नाममा पूजा पाठ गर्दिए शान्तिको कामना सहित । हे भगवान ! मेरा भाइहरूलाई सबैखाले खतराबाट मुक्त हुने आत्मबल प्रदान गर्नुहोस् । ‘’

यो सन्देश मलाई मात्र नभएर बिदेशमा बस्ने म जस्तै सबैका दाजुभाइहरूलाई एउटी असल दीदिले दिने पवन सन्देश थियो – हरेक कुकर्महरूबाट बचाउने ।

मेरा आँखा रसाए भावनात्मक चिठीको त्यो कथात्मकताले ।

फिलिपिन्समा डाक्टर पढ्दै गर्ने दाइले त प्रस्टै लेख्नुभाथ्यो – ‘’ नेपालमा एड्सको समस्या डरलाग्दो रुपमा देखा पर्दैछ । जापानमा के छ कुन्नि ! सतर्क हुनुपर्ने ठाउमा हुने नै छौ । ‘’

यी दुई चिठीहरू, आफ्ना कर्तब्य कर्मका लामा लाइनहरू सबै फनन्न चलचित्रको पर्दामा देखेझैं भएपछि मैले आफू अगाडिको क्षणिक रमाइलो संसारलाई लात हानेथें त्यस क्षण ।

‘’सरि आई उडनट लाइक टू जोइन विथ युओर एफिएर । ‘’

म कुदिरहेको थिएँ । कम्पनिमा पुग्नलाई हतार भइरहेको थियो । पूर्वी दिशाबाट सूर्य रातलाई चिर्दै उज्याला किरणहरू फैलाउदैं थिए झलमल्ल जीवनझैं उज्यालो । म साइकल पेलिरहेको थिएँ, पेलिरहेको थिएँ ।

रामहरि पौड्याल
सम्प्रति: संयुक्त अधिराज्य बेलायत
भरतपुर १२/१९३, चितवन

बि.सं २०५८, समकालीन साहित्य अङ्क ४४

Leave a Reply

Your email address will not be published. Required fields are marked *