(१)
रुवाएर कैले तिम्लाई हाँस्नु नपरोस ।
दुखाएर मुटु तिम्रो बाँच्नु नपरोस ।
तिम्रा भागका दुःख पीडा मैं सहुँला
दुःख संग नाता तिम्ले गाँस्नु नपरोस ।
(२)
पानी रैछ जिन्दगी सागरमा छुनै पर्ने ।
मनको व्यथा आँसुले पखालेर धुनै पर्नै ।
जानी जानी आफन्त नि पराई भई दिदा,
नदुखेको मुटु दुखाई भकानिएर रुर्ने पर्ने ।
(३)
तिम्लाई लिन तिम्रै आँगन टेक्न सकिन् ।
डोली चढी जाने वाटो त्यो छेक्न सकिन् ।
तिम्रौ माया मनभरि संगालेर रोइरहे,
मुटुबाट झिकी माया फेक्न सकिन् ।………..दर्पण
